सरिता गिरीको संशोधन प्रस्ताव सभामुखद्धारा खारेज, गिरी संसद भवन बाहिर
काठमाडौं, ३१ जेठ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधन विधेयकमाथि समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव खारेज गरिदिएका छन् ।
संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी जनता समाजवादी पार्टी (जसपा) की सांसद सरिता गिरीलाई संसदमा बोल्न नदिएपछि उनी संसद बैठकबाट बाहिरिएकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रक्रिया नपुगेकाले विधेयकमाथिको संशोधन प्रस्ताव अस्वीकृत भएको भन्दै सांसद गिरीलाई बोल्न नदिने रुलिङ गरेका हुन् ।
सांसद गिरी संसदको प्रक्रिया सुरु भए लगत्तै सांसद गिरी बोल्नका लागि उठेकी थिइन् । तर सत्तापक्षका सांसदले होहल्ला गरेपछि सभामुख सापकोटोले संशोधन प्रस्ताव प्रक्रिया नपुगेकाले अस्वीकृत गरेको जानकारी गराउँदै बोल्न समय नदिइएको बताए ।
सभामुख सापकोटाले सुरुमा सरिता गिरीलाई छोटोमा कुरा राख्न भनेका थिए । तर होहल्ला भएपछि रुलिङ गरेका हुन् । त्यसपछि गिरी संसद भवन बाहिर निस्किएकी छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

