काठमाडौं, ३१ जेठ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधन विधेयकमाथि समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव खारेज गरिदिएका छन् ।
संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गरेकी जनता समाजवादी पार्टी (जसपा) की सांसद सरिता गिरीलाई संसदमा बोल्न नदिएपछि उनी संसद बैठकबाट बाहिरिएकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रक्रिया नपुगेकाले विधेयकमाथिको संशोधन प्रस्ताव अस्वीकृत भएको भन्दै सांसद गिरीलाई बोल्न नदिने रुलिङ गरेका हुन् ।
सांसद गिरी संसदको प्रक्रिया सुरु भए लगत्तै सांसद गिरी बोल्नका लागि उठेकी थिइन् । तर सत्तापक्षका सांसदले होहल्ला गरेपछि सभामुख सापकोटोले संशोधन प्रस्ताव प्रक्रिया नपुगेकाले अस्वीकृत गरेको जानकारी गराउँदै बोल्न समय नदिइएको बताए ।
सभामुख सापकोटाले सुरुमा सरिता गिरीलाई छोटोमा कुरा राख्न भनेका थिए । तर होहल्ला भएपछि रुलिङ गरेका हुन् । त्यसपछि गिरी संसद भवन बाहिर निस्किएकी छन् ।





