यो साता कस्तो होला तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ । नयाँ कामको थालनी हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । सवारी साधन खरिद गर्ने योजना बन्नेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि बढ्ला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुन सक्छ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । मध्य सातामा कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । मित्रहरूले दिएको वचन फेरिन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । साताको मध्यबाट रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । सामाजिक र धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साताको अन्त्यमा मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव समेत आउन सक्छन् । झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । व्यापारमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
रोकिएका काम पुनः सुरु हुन सक्छन् । लामो समयदेखि रोकिएका कामहरु पुरा हुनेछन् । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
आफन्तसंग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ सचेत रहनु होला । नाक तथा घाँटीमा समस्या आउला । अभिभावकको आशीर्वादले काम गर्नसक्छ । बुधवारबाट बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ ।
सम्बन्धित समाचार
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १ गते बिहीबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

