नयाँ नक्शा समेटिएको निशान छाप प्रतिनिधिसभाबाट पारित हुँदै गर्दा बोले भारतीय सेनापति
काठमाडौं, ३१ जेठ । नेपालमा नयाँ नक्शा निशान छापमा राख्ने गरी संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित हुनैलाग्दा भारतीय सेनापति एम एम नरवाणे बोलेका छन् । त्यो पनि उत्तराखण्डको राजधानी देहरादुन पुगेर । उनले नेपालसँगको सम्बन्ध सधै मजबुत रहेको र रहिरहने बताए ।
‘हाम्रो नेपालसँग निकै मजबुत सम्बन्ध छ । हाम्रो भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्धहरु छन्,’ नरवाणेको भनाई उदृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘हाम्रो जनता जनताबीचको बलियो सम्बन्ध छ । हाम्रो उनीहरुसँग जहिलेपनि बलियो सम्बन्ध रह्यो र भविष्यमा पनि रहिरहनेछ ।’
यसअघि नेपालले लिपुलेक लिंकरोड भारतले बनाएपछि आपत्ती जनाएकोमा सेनापति नरवाणेले कसैको उक्साहट भनी चीनतर्फ संकेत गरेका थिए । उनको अभिव्यक्तिले तरंग ल्याएको थियो ।
यसअघि नरवाणेको प्रतिक्रियालाई अन्तर्राष्ट्रिय मामलाका भारतीय प्राध्यापक एस डी मुनीले अनावश्यक भनेका थिए । द प्रिन्टसँगको कुराकानीमा उनले सैन्य तहमा विषयको समाधानको पहल भएको हुनसक्ने बताएका छन् ।
उनले रक्षासम्बन्धी प्रमुख जनरल विपिन रावतले नेपालका रक्षामन्त्री इश्वर पोखरेलसँग कुराकानी गर्ने तय भएको थियो भनी खुलासा गरेका थिए ।
नेपाल र भारतबीच सैन्य सम्बन्ध छ । भारतका सेनापति नेपालका मानार्थ सेनापति र नेपालका सेनापति भारतका मानार्थ सेनापति रहने परम्परागत व्यवस्था रहँदै आएको छ ।
आज नेपालको संसदले निशान छाप संशोधन प्रस्ताव प्रतिनिधिसभाबाट पारित गर्नु अघि भारतीय सेनापति नरवाणेको नरम बोली आएको हो । यसलाई अर्थपूर्ण मानिएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
