वैदेशिक रोजगार सम्बन्धित काम गर्ने सबै संस्थाहरुलाई बिभागको सूचना
काठमाडौँ | वैदेशिक रोजगार सम्बन्धित काम गर्ने सबै संस्थाहरुलाई वैदेशिक रोजगार बिभागले सूचना जारी गर्दै नवीकरणका लागि आव्हान गरेको छ । नयाँ आर्थिक बर्ष सुरु हुनैलाग्दा विभागले उक्त आव्हान गरेको हो ।
बिभागले इजाजतपत्र प्राप्त संस्था (म्यानपावर)हरु, अभिमुखीकरण तालिम प्रादायक संस्थाहरु, सीपमूलक तालिम प्रदायक संस्थाहरु, घरेलु कामदारलाई तालिम दिने संस्थाहरु र केयर गिभर सम्बन्धि तालिम दिने र पठाउने संस्थाहरुलाई बिभागले नवीकरणलाई सूचना जारी गरेको हो ।
बिभागको सूचनामा ‘वैदेशिक रोजगार सम्बन्धि प्रचलित कानून बमोजिम स्थापना भई विभागबाट ईजाजतपत्र प्राप्त गरेका सनास्थाहरुलाई वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४ र सम्बन्धित निर्देशिका एवम् कार्यविधि बमोजिम मिति २०७७ असार मसान्तभित्र सम्बन्धित कानूनमा उल्लेख भए बमोजिमको नवीकरण दस्तुर र तोकिएका कागजातपत्रहरु संलग्न गरी नविकरंका लागि निवेदन आव्हान गरिएको छ ।’
नवीकरणको लागि वैदेशिक रोजगार विभागमा नवीकरणका लागि जाने सेवाग्राहीहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, रीतपूर्वक सबै कागजात सहित फाइलमा संस्थाको नाम, संचालकको नाम र सम्पर्क नम्बर उल्लेख हुनुपर्ने नियम छ । नवीकरणका लागि जानेहरुले संस्थाबाट परीचय पत्र सहित अख्तियारी लिएर एक जना मात्र उपस्थित हुनुपर्ने समेत जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य



