सबै सरकारी कार्यालय आजबाट खुल्ने, सार्वजनिक यातायात सञ्चालनको तयारी
काठमाडौं, १ असार । आजबाट लकडाउनबाट लुजडाउन शुरु भएको छ । कोरोना भाइरसको रोकथामका लागि अपनाइएको लकडाउन खुकुलो बनाउँदै लाने योजना अनुसार आजबाट सबै सरकारी कार्यालय खुल्नेछन् ।
भीडभाड कम गर्ने गरी रोकथामका उपायसहित सरकारी कार्यालय खुल्न थालेका हुन् । कार्यालय शुरुमा २ बजेसम्म खोलिने भएको छ । त्यसपछि दुई सिफ्ट गरी ८ देखि २ र २ देखि ६ बजेसम्म खोलिने योजना बनाइएको छ ।
निजी क्षेत्रका उद्दोग, व्यवसाय तथा कार्यालय पनि सुचारु हुने भएका छन् । निर्माणका कामहरु सञ्चालनमा आइसकेका छन् ।
सार्वजनिक यातायात पनि खोल्ने तयारी भएको छ । ट्याक्सी सञ्चालनमा आइसकेको छ । निजी सवारी सञ्चालनको अनुमति दिइएको छ । यसमा भने जोर बिजोर प्रणाली लागु गरिएको छ ।
काठमाडौं उपत्यका भित्र आउन र बाहिर जान विशेष व्यवस्था गरिएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालयले हिजो सुचना जारी गरिसकेका छन् । त्यसका लागि कागजातसहित निवेदन दिनुपर्नेछ ।
शैक्षिक संस्था भने भदौमा मात्र खोल्ने तयारी भएको छ । विद्यालय र कलेज भदौमा मात्र सञ्चालन हुने भएपछि विकल्पका रुपमा दुर शिक्षा शुरु गरिएको छ ।-File Photo: Mukunda Kalikote
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


