नक्शा जस्तै भुमि फिर्ता आए भारतका यी आइजी देखि आइएस अफिसरहरु नेपाली नागरिक
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेएको नेपालको नयाँ नक्शा जारी भइसकेको छ । नक्शा जारी भएपनि उक्त भुमिमा भारतीय सेना र सीमा सुरक्षा बल छ । भुमि फिर्ता ल्याउन सरकारले कुटनीतिक पहल गर्ने जनाएको छ । भुमि फिर्ताका लागि सरकारले प्रमाण संकलनका लागि विज्ञ कमिटि बनाएको छ ।
भारतका अन्तर्राष्ट्रिय मामलाका प्राध्यापक एस डी मुनीले विज्ञ कमिटिलाई प्रमाण संकलनको चुनौती दिएका छन् । उनले ट्वीटरमा त्यस्तो प्रमाण संकलनको चुनौती दिएका हुन् । पक्कै पनि भारतले प्रमाण संकलन गरिसकेको हुनुपर्छ ।
यदि नेपालले संकलन गरेको प्रमाणलाई मानेको खण्डमा भारतले कालपानी, लिपुलेक र लिम्पियाधुराबाट सुरक्षाकर्मी हटाएर नेपाललाई भुमि फिर्ता गर्नुपर्ने वाध्यात्मक अवस्था आउनसक्छ । त्यसपछि त्यहाँका तीन गाउँका नेपाली जनता पनि नेपाली हुनेछन् । उक्त क्षेत्रका तीन गाउँ गुन्जी, कुटी र नाबीका बासिन्दामध्ये केही भारतको उच्च पदमा छन् ।
उनीहरुमध्ये छ जना भारतको प्रशासनमा उच्च अधिकृत भइसकेकाहरु छन् । जो विभिन्न स्थानमा खटाइएका छन् । टाइम्स अफ इन्डियाले १२ जुनमा प्रकाशन गरेको समाचारमा तीनवटा गाउँमा ३ हजार बासिन्दा छन् । उक्त गाउँ भारतको प्रशासनिक क्षेत्रमा प्रवेश गरेकामा नाम चलेकामा पर्छन् ।
भारतको १९९७ ब्याचको आइपीएस अफिसर सञ्जय गुञ्ज्याल कालापानी क्षेत्रको गाउँका हुन् । उनी कुम्ब मेलाका आइजी छन् । नेपालको नक्शामा समेटिएको क्षेत्र भारतले फिर्ता गरेमा आइजी गुञ्ज्याल नेपाली नागरिक हुनेछन् ।
बिनोद गुञ्ज्याल विहारमा खटाइएका आइएएस अधिकृत हुन् । २०११ को आइपिएस अधिकृत हेमन्त कुटियाल उत्तर प्रदेशमा खटिएका छन् । उनी पनि कालापानी क्षेत्रका हुन् ।
२००४ ब्याचका स्टेट पुलिस सर्भिसका अधिकृत विमल गुञ्ज्याल उत्तराखण्ड प्रहरीमा डिआइजी छन् । धिरेन्द्र सिंह गुञ्ज्याल पनि एसपिएस अधिकृत छन् । उनीहरु सबै उक्त क्षेत्रका हुन् । यसरी भारतका आइपिएस आइएस अफिसरहरु समेत नेपाली नागरिक बन्ने अवस्था आउनेछ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
