• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • ६ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • ७ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • ७ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ९ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १० घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ११ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ११ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ११ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ३. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ६. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ८. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

  • ९. विश्वकप फुटबल : फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा प्रवेश

  • १०. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

रुकुम घटना बारे आयो प्रहरीको प्रतिवेदन, यस्तो पो रहेछ सत्य तथ्य

admin २०७७, असार, १

छ जना युवाको ज्यान जाने गरी भएको घटना योजनावद्ध तरिकाले गरिएको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । गृह मन्त्रालयले आज विज्ञप्तिमार्फत् घटनाको अनुसन्धानपछि यस्तो निष्कर्ष निकालेको हो ।

गृहको प्रतिवेदनमा रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल समेतले लकडाउनको समयमा जाजरकोटबाट युवाहरु गाउँमा छिरेकाले नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा विभिन्न नम्बरमा सम्पर्क गरी गाउँलेहरुलाई एकीकृत गराएको उल्लेख छ । गोईरी औलका व्यक्तिहरुलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको भनिएको छ ।

यतिसम्मकी प्रहरीलाई समेत गलत सूचना दिई गुमराहमा पारी अर्कोतर्फ पठाई ४ किलोमिटर टाढा गइसकेका युवकहरुलाई छेकी पिछा गर्दै लखेट्दै ढुंगा, मुढा प्रहार गरी नवराज विकसमेत छ जनाको परिस्थिति सिर्जना गरिएको गृहको प्रतिवेदनमा भनिएको छ ।

घटनामा ज्यानैैै मार्ने मनसायले सांघातिक आक्रमण गरी ढुंगा, मुढा, हँसिया, लाठी समेतले प्रहार गरी लालबहादुर खड्का, भोला बिटालु, विभाग पुन, सरोज भडेल, मद शाही, इन्द्रजंग शाह, गोविन्द सुनार, आशिष विक, सुदिप खड्का, डिल्ली विक, महेश कार्की, सुनिल सुुनारसमेतलाई घाइते बताएको निष्कर्ष निकालिएको छ । घटनालाई जघन्य अपराध भन्दै विस्तृत छानविन तथा अनुसन्धान पश्चात कानुन बमोजिम दोषीमाथि कारबाही गर्न सरकार संवेदनशील रहेको गृह प्रवक्ता उमाकान्त अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि हिजो छ जना युवाको ज्यान गएको सोती घटनामा ३४ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । रुकुम जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो।

१० जेठमा रुकुम पश्चिमको चौरजहारी ८ को सोती गाउँमा भएको घटनामा संलग्न भन्दै आरोपी ३३ जनालाई कर्तव्यज्यान,ज्यान मार्ने उद्योग,जातीय भेदभाव र छुवाछुत कसुरको अभियोग लगार्ईएको छ भने एक जनालाई घटनाको मतियारको अभियोग लगाइएको छ । कर्तव्य ज्यान,ज्यान मार्ने उद्योग,जातीय भेदभाव र छुवाछुत कसुरको अभियोग लाग्नेमा फरार ५ जनासहित वडाध्यक्ष डम्बरबहादुर मल्ल छन् ।

अभियोग लागेका को को

वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल,तुलबहादुर मल्ल,प्रेमबहादुर ठकुरी,वीरबहादुर मल्ल, प्रकाशी मल्ल, सन्तोश मल्ल, महोन पुन मगर, रमेश बहादुर मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, ईन्द्रबहादुर मल्ल, दिपेन्द्र चन्द, तिलक चन्द, हर्कबहादुर मल्ल, लिपेन्द्र मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशम मल्ल, धनराज राना, रमित पुन, नविन घर्ती, विराज पुन, भिम पुन, घमण्ड मल्ल, विष्णु मल्ल, सर्वजित भनिने सविन पुन र १७ बर्षिया एक किशोरी ।

मतियारको अभियोग-ईन्द्रबहादुर मल्ल

किशोरी मल्ल थरकी मृतक नवराज विककी प्रेमिका हुन् जसलाई लिन जाँदा घटना भएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.