भारत छिर्न लाग्दा सरिता गिरीलाई नाकाबाट फर्काइयो
सिराहा, २ असार । भारत प्रवेश गर्न लाग्दा जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी नाका नजिकै रोकिएकी छिन् । उनलाई नेपाली सुरक्षाकर्मीले रोकेर फर्काइदिएका हुन् । सुरक्षा स्रोतका अनुसार भारत प्रवेश गर्न उनले निकै प्रयास गरेपनि सफल नभएपछि लाहानतर्फ फर्किएकी थिइन् ।चालक र गाडीसहित गिरी आज दिउँसो तीन बजे सिराहाको थाडीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । तर, लकडाउनको समयमा नाकाबाट जाने अनुमति नदिइएको भन्दै सुरक्षाकर्मीले फर्काएको बुझिएको छ ।
सुरक्षागार्डलाई समेत छाडेर चालकलाई लिएर गिरी भारत प्रस्थान गर्दै थिइन् । उनको माइती भारततर्फ पर्छ । घर सिराहामा छ ।
गिरी नाकामा रोकिएपछि लाहान फर्किएकी थिइन् । त्यसपछि उनी धनुषातर्फ गएको बुझिएको छ ।
नेपालको नयाँ नक्शासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर गिरी विवादमा आएकी थिइन् । उनले प्रस्तावबारे मतदान पनि गरिनन् । गिरीले लिपुलेक नेपालको होइन भनी सार्वजनिक रुपमा अभिव्यक्ति दिएकी थिइन् ।-File Photo
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

