अब कोरोना भाइरसको डर खत्तम ! संक्रमितको जीवन रक्षक औषधी पत्ता लाग्यो
एजेन्सी, २ असार । अब कोरोना भाइरसको डर खत्तम हुने भएको छ । संक्रमित गम्भीर विरामी परेपनि जीवन जोगाउने औषधी पत्ता लागेको छ । कम मात्रामा दिइने यो स्टेरोइड औषधी सस्तो र सुलभ पनि छ ।
डेक्सामिथासोन नामको उक्त औषधीले खतरनाक कोरोना भाइरससँग लड्ने क्षमता राख्ने बेलायतका विज्ञहरुले बताएका छन् । यसको परीक्षण भइरहँदा सकारात्मक नतिजा निस्किएको छ । औषधी गम्भीर विरामीलाई नशाबाट र सामान्य संक्रमितलाई चक्कीबाट दिइन्छ । यसले गम्भीर संक्रमितमध्येबाट अब मृत्यु दर घटाएर प्रत्येक तीन जनामा दुई जनालाई बचाउने दाबी गरिएको छ ।
‘यदि यो औषधी बेलायतमा शुरुमै प्रयोगमा ल्याइन्थ्यो भने पाँच हजार जीवन बच्नसक्थ्यो,’ बीबीसीले रिसर्चरहरुको भनाई उदृत गर्दै लेखेको छ । मंगलबार औषधीबारे सार्वजनिक गरिएको छ । अब यसको उपयोगिता र प्रयोगबारे छिट्टै रिसर्चसम्बन्धी जानकारी वृस्तृत रुपमा प्रकाशित गरिनेछ ।
गरिब देशहरुका लागि पनि यो उपयोगी हुने भएको छ । यो सस्तो र सुलभ मूल्यमै उपलब्ध हुन्छ ।
अब बेलायत सरकारले यसको प्रयोग गर्ने जनाइएको छ । डेक्सामिथासोन कोरोना संक्रमित विरामी र भेन्टिलेटर या अक्सिजन दिएर राखिएकाको लागि पनि प्रयोग गरिनेछ ।
अक्सफोर्ड विश्वविद्यालयले डेक्सामिथासोनको २ हजार अस्पतालका बिरामीमा परीक्षण गरेको थियो । औषधीको प्रयोग नगरिएको बाँकी ४ हजारसँग तुलना गरिएको थियो ।
जसबाट भेन्टिलेटरमा भएका विरामीको मृत्युको खतरा ४० देखि २८ प्रतिशत घटायो । अक्सिजन दिइएका विरामीको मृत्युको खतरा २५ देखि २० प्रतिशत घटायो ।
यौ औषधी विश्वभर उपलब्ध हुन्छ । जीवन बनाउन ५ हजार नेपाली रुपैयाँ सम्मको यो औषधी प्रयोग हुन्छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

