सबैखाले सवारी पास रद्द, मोटरसाइकलमा पनि लागू भयो जोरबिजोर
जानकारी केन्द्र
२०७७, असार, ३
काठमाडौं। काठमाडौं उपत्यकाभित्र जारी भएका सबै सवारी पासहरु रद्द गरिएको छ। गृह मन्त्रालयले सबै प्रकारको पास रद्द गरेको जानकारी दिएको हो। जिल्ला प्रशासनले लगायत विभिन्न निकायहरुले लकडाउनको समयमा सवारी पास जारी गरेका थिए।
तर, अब जोर-बिजोर प्रणाली लागू भइसकेपछि पास आवश्यक नपर्ने भन्दै रद्द गराएको गृह मन्त्रायलले जानकारी दिएको छ। पूर्णरूपमा अब जोर-बिजोर प्रणालीको पालना गर्नुपर्ने छ।
निजी सवारी साधनहरुले काठमाडौं उपत्यकाभित्र जोर गते जोर नम्बर प्लेट भएका सवारी साधन र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी साधन चलाउन पाउने छन्। यो नियम मोटरसाइकलमा समेत लागू छ।
तर, काठमाडौं उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौं आउनको लागि जारी गरिएका पासहरु (छोटो अवधिका) भने यथावत रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
