मकै वालीमा लाग्ने फौजी किरा (Fall armyworm) रोकथाम गर्ने उपायहरु
क. कीरा लाग्न नदिन अपनाउन सकिने उपायहरु (Prevention)
मकै रोप्ने समयमा परिवर्तन गर्नेः
वीउ छर्ने समयको हेरफेर गरी अघौटे वा पछौटे मकै बालीका जातहरु लगाएर कीराको उच्च घनत्व हुने समय छल्न सकिन्छ । तर एकै खेतमा विभिन्न समयमा मकै रोप्ने कार्य गर्दा कीरालाई निरन्तर लामो समयसम्म खाना उपलव्ध हुने भएकोले यस्ता कार्य भने कदापी गर्नु हुँदैन ।
एउटा क्षेत्रमा सम्भव भएसम्म एकै पटक विउ छर्नेः
यसो गर्नाले वालीचक्र वमोजिम कीराले नियमित आश्रय नपाउने भएकोले क्षति कम हुन्छ।
मिश्रीत खेती पद्धति अपनाउनेः
यसो गर्नाले कीराको प्राकृतिक शत्रुहरुको संख्या बढ्नुका साथै कीराको फैलावटमा बाधा हुन्छ।
पासो बाली (Trap crop) :
मकैबालीको वरिपरी नेपियर घाँस र बालीको वीच(वीचमा अन्तर बालीको रुपमा डेस्मोडियम घाँस लगाउने। डेस्मोडियम बाट उत्पादन हुने ख्यबितष्भिक ले कीरालाई विकर्षण गर्दछ। नेपियर घाँसले मिचाहा फौजी कीरालाई आकर्षण गर्दछ र आकर्षित भएका कीराहरुलाई विषादी प्रयोग गरी नस्ट गर्ने।
सन्तुलित मात्रामा मात्र रसायनिक मलको प्रयोग गर्नेः
खास गरी नाईट्रोजनयुक्त रसायनिक मल बढी मात्रामा प्रयोग गर्नाले विरुवाको वानस्पतिक विकास बढी हुने र कीरालाई विरुवामा क्षति पुर्याउन सजिलो हुने भएकोले सन्तुलित मात्रामा रसायनिक मलको प्रयोग गर्ने ।
मकै बाली हाम्रो कुमको उचाई पुग्नुभन्दा अगाडि नै कीराको नियन्त्रण गरिसक्नुपर्दछ । यदि मकै बाली धानचमरा वा जुँगा निस्केर घोगा लाग्न थालेपछि लार्भाहरु मकैको घोगामा प्वाल पारी घोगाभित्र परेर क्षति पार्न थालिसकेको हुन्छ र यो अवस्थामा तिनीहरुको नियन्त्रण गर्न असम्भव नै हुन्छ । त्यसकारण, मकै उम्रन थालेदेखि नै बाली निरीक्षण गर्न शुरु गरी यसले गरेको क्षतिको संकेत जाँच गरी कीरा नियन्त्रण गर्नुपर्दछ ।
बालीले ढाकेको क्षेत्रमा ‘W’ वा ‘M’ आकारमा कम्तिमा 5 ठाउँमा नमूनाको रुपमा प्रत्येक ठाउँबाट 10-10 वटा बोटमा कीराको फैलावटको अवस्था जाँच गर्ने र रेकर्ड राख्ने।
कीराको क्षतिको अवस्था हेरी सकेसम्म छिटो भन्दा छिटो व्यवस्थापनका उपायहरु छनौट गर्ने।
व्यवस्थापन (Management):
भौतिक तथा यान्त्रिक तरिका (Physical & Mechanical Method):
खेतबारीको नियमित अवलोकन गरी यस कीराका फुल, लार्भा भेटिएमा किचेर वा तातो पानीमा डुवाएर मार्ने।
फनेल ट्रयापको प्रयोग गर्नेस् यस ट्रयापमा फल आर्मिवर्म ल्यूर राखेर १ हेक्टर क्षेत्रफलमा १० वटाका दरले मकै उम्रेको 5 दिन पछि मोहीनी पासोको रुपमा प्रयोग गर्ने। यस किसीमको पासोको प्रयोगबाट ठूलो संख्यामा भाले पुतलीहरु आकर्षण गरी नष्ट गर्न सकिन्छ।
जैविक तरिका (Biological Method):
ट्राइकोग्रामा चिलोनिस वा टेलिनोमस स्पेसिस 1 हप्तामा 3 पटक प्रति हेक्टर 10000० का दरले छोड्ने। यो परजीवीहरुले यो कीराको अण्डामा फुल पारेर खतरनाक कीरा नियन्त्रणमा काम गर्ने भएकोले यी परजीवीहरुको पनि प्रयोग गर्न सकिन्छ ।
NPV/Beauveria bassiana/Baccilus thuringiensis जस्ता शुक्ष्म जैविक विषादीहरुको प्रयोग गर्ने।
पतेरो, बारुला, कमिला, चरा र चमर्रो आदिले पनि यो कीराको नियन्त्रणमा मद्धत पुर्याउँछ । त्यसैले, यस्ता कीराहरुलाई संरक्षण पनि गर्न सक्नुपर्दछ।
विरुवा उम्रेको 10 दिन पछि निमयुक्त विषादी Azadiractine 0.03% EC, ३-5 मिलिलिटर प्रति लिटर पानीमा घोलेर 10-12 दिनको फरकमा पुनः प्रयोग गर्ने।
रसायनिक तरिका (Chemical Method):
कीराको क्षति देखिनासाथ तल उल्लेखित विषादीहरु मकैको वोट पुरै (पात, डाठ र गुभो) भिज्ने गरी स्प्रे गर्ने।
एमामेक्टीन बेन्जोएट 5% SG 0.5 ग्राम प्रति लिटर पानीका दरले स्प्रे गर्ने।
स्पिनोसाड 45% SC १ मिलिलिटर प्रति 3 लिटर पानीका दरले स्प्रे गर्ने।
क्लोरान्ट्रानिलिप्रोल 18.5% SC, १ मिलिलिटर प्रति 3 लिटर पानीका दरले घोलेर बोट पुरै भिज्ने गरी स्प्रे गर्ने।
कीरामा विष पचाउन सक्ने क्षमताको विकास हुन नदिन एउटा विषादी एक-दुई पटक स्प्रे गरेपछि अर्को पटक पुनः स्प्रे गर्नुपर्ने भएमा सम्भव भएसम्म सोही विषादी स्प्रे नगर्ने (अर्को विषादी स्प्रे गर्ने)।विषादी प्रयोग गर्दा विहानीपख अथवा साँझपख स्प्रे गर्दा बढी प्रभावकारी हुन्छ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

