प्रधानसेनापति कालापानी क्षेत्र पुगेपछि भारतीय मिडियामा खैलाबैला
काठमाडौं: प्रधानसेनापति पूर्णचन्द्र थापा बुधबार कालापानी क्षेत्रमा पुगेका छन् । उनले छाँगरुको सुरक्षा बेस क्याम्प नीरिक्षण गरेका थिए । प्रधानसेनापति थापा कालापानी क्षेत्रमा पुगेकाे खबरले भारतीय मिडियाले चासाे राख्दै समाचार प्रसारण गरेका छन । कालापानी क्षेत्रमा विवाद चर्किरहेका बेला प्रधानसेनापति उक्त क्षेत्रमा पुगेपछि भारतिय मिडियाले चासाे दिएका छन ।
थापाले नेपाली सेनाले ब्यास गाउँपालिका २ घाटीबगडमा गोरेटो बाटो निर्माण गरिरहेको अनुगमन समेत गरेका थिए । ९ जेठबाट ब्यास जोड्ने बाटो निर्माण शुरु भएको हो । यसको असारभित्रै निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । घाँटीबगड देखि मौर्याभिरसम्मको कठिन भुगोलमा ४ सय मिटरको बाटो निर्माण भइरहेको हो ।
यसैगरी, सशस्त्र प्रहरीको छाँगरुमा बिओपी रहेको छ । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले त्यसको अनुगमन गरेका थिए । उनले दार्चुलाको खलंगामा निर्माण भएको सशस्त्र प्रहरी नम्बर ५० गुल्मको उदघाटन गरेका थिए ।
यसैगरी, प्रधानसेनापति पूर्ण चन्द्र थापा सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालसहित कालापानी क्षेत्र पुगेकोमा भारतले चासो देखाएको छ । भारतीय सुरक्षा निकायले यसलाई नजिकबाट नियालेको बुझिएको छ । भारतीय सञ्चारमाध्यमले थापा र खनाल कालापानी क्षेत्रमा पुगेको विषयलाई प्रकाशन तथा प्रशारण गरेका छन् ।
इन्डियन एक्सप्रेसले आज नेपालको राष्ट्रियसभाले नेपालको नयाँ नक्शा समेटेको निशान छाप अनुमोदन गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नै लाग्दा सेनापति सशस्त्रका आइजीपीसहित कालापानी नजिकैको छाँगरुमा पुगेको भनेको छ ।
कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भुभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भारत असन्तुष्ट रहँदै आएको छ । संसदबाटै यसको अनुमोदन प्रक्रिया बढेपछि भारतले वार्ताको वातावरण बिग्रिएको सन्देश दिइरहेको छ ।
सडक खवर बाट
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
