सुशान्त राजपुतको नाम डायरीमा लेख्दै किशोरीले गरिन् आत्महत्या
एजेन्सी, ५ असार । बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्यापछि दुईवटा आत्महत्याको घटना जोडिएर आएको छ । जसमध्ये एक १५ वर्षीया किशोरी पनि रहेकी छिन् ।
भारतको अन्डामाना एन्ड निकोबार टापुको पोर्ट ब्लेर घर भएकी किशोरीले बुधबार आत्महत्या गरेपछि अनुसन्धान हुँदा डायरी फेला परेको छ । किशोरीको घरमा फेला परेको डायरीमा सुशान्त सिंह राजपुतको बारेमा निकै उल्लेख गरेकी छिन् ।
टाइम्स अफ इन्डियाका अनुसार किशोरी डिप्रेसनमा थिइन् । यसबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यसअघि उत्तर प्रदेशको बरेलीमा सशान्त राजपुतको फ्यान रहेका एक किशोरले आत्महत्या गरेका थिए । ती किशोरले सुशान्तले आत्महत्या गर्न सक्छन् भने आफूले किन नगर्ने भनी लेखेका थिए ।
३४ वर्षीय राजपुतले आत्महत्या गरेको विषय निकै चर्चामा छ । बलिउडका उदयमान नायक सुशान्तको मृत्युले धेरैलाई आश्चर्यमा पारेको छ । उनी डिप्रेसनमा रहेको बताइएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


