कपिल शर्माको ‘शो’ मा यसकारण जाँदैनन् आमिर खान
मुम्बई, असार ७ । बलिउडका धेरै कलाकार कपिल शर्माको शोमा गइसकेका छन् । धेरै सेलिब्रेटी फिल्मको प्रचारका लागि शो मा पुगेका हुन्छन् ।अमिताभ बच्चन, सलमान खान, शाहरुख खान जस्ता सेलिब्रेटी पनि शो मा देखिएका छन् । तर, आमिर खान भने अझै पुगेका छैनन् ।
धेरै कलाकार फिल्मको प्रचारका बेला कपिलको कार्यक्रममा आउन चाहन्छन् । कपिलको कार्यक्रम निकै लोकप्रिय भएका कारण पनि कलाकारहरुले फिल्मको प्रचारका लागि उनको शोमा जाने गर्छन् ।
कपिलको शो चलिरहेका बेला आमिरका कैयन् फिल्म प्रदर्शन भए तर उनी कार्यक्रममा गएनन् । कपिलको शोलाई आमिरले प्रचारको माध्यम नै ठानेनन् ।
त्यसो त आमिर खानको प्रचारको तरिका फरक छ । हरेकपटक उनी केही न केही नयाँ गरिरहेका हुन्छन् । उनले गजनी, थ्री इडियट्स फिल्म रिलिजका बेला पनि फरक प्रचार शैली अपनाएका थिए ।
जब फिल्मको प्रचारको नै आवश्यक पर्दैन भने आमिर पनि किन कपिलको प्रचारमा जाऊन् र ? कतिले त आमिरलाई कपिलको शो मन नपर्ने पनि बताउने गरेका छन् ।एजेन्सी
सम्बन्धित समाचार
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

