कपिल शर्माको ‘शो’ मा यसकारण जाँदैनन् आमिर खान
मुम्बई, असार ७ । बलिउडका धेरै कलाकार कपिल शर्माको शोमा गइसकेका छन् । धेरै सेलिब्रेटी फिल्मको प्रचारका लागि शो मा पुगेका हुन्छन् ।अमिताभ बच्चन, सलमान खान, शाहरुख खान जस्ता सेलिब्रेटी पनि शो मा देखिएका छन् । तर, आमिर खान भने अझै पुगेका छैनन् ।
धेरै कलाकार फिल्मको प्रचारका बेला कपिलको कार्यक्रममा आउन चाहन्छन् । कपिलको कार्यक्रम निकै लोकप्रिय भएका कारण पनि कलाकारहरुले फिल्मको प्रचारका लागि उनको शोमा जाने गर्छन् ।
कपिलको शो चलिरहेका बेला आमिरका कैयन् फिल्म प्रदर्शन भए तर उनी कार्यक्रममा गएनन् । कपिलको शोलाई आमिरले प्रचारको माध्यम नै ठानेनन् ।
त्यसो त आमिर खानको प्रचारको तरिका फरक छ । हरेकपटक उनी केही न केही नयाँ गरिरहेका हुन्छन् । उनले गजनी, थ्री इडियट्स फिल्म रिलिजका बेला पनि फरक प्रचार शैली अपनाएका थिए ।
जब फिल्मको प्रचारको नै आवश्यक पर्दैन भने आमिर पनि किन कपिलको प्रचारमा जाऊन् र ? कतिले त आमिरलाई कपिलको शो मन नपर्ने पनि बताउने गरेका छन् ।एजेन्सी
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
