गल्वान भडपमा भारतीय सेनाले १८ चिनियाँ सेनाको टाउको गिंडेको खुलासा
एजेन्सी, ८ असार । भारत चीनबीच लदाखको लगवान क्षेत्रमा गत सोमबार भएको झडपबारे नयाँ तथ्यहरु बाहिर आउन थालेको छ । जुन १५ मा भएको झडपका क्रममा भारतीय सैनिकले उक्त क्षेत्रमा प्राचीन युद्वको षड्यन्त्रहरु आपनाउँदै लडेका थिए ।
झडपमा चिनियाँ सेनाले भारतीय सेनाको कमान्डिङ अफिसर सन्तोस बाबुको हत्या गरेका थिए । त्यसपछि उक्त क्षेत्रमा माहोल झन् आक्रोशित र भयावह बनेको थियो । अफिसरको हत्या भएको भारतीय सेनाले थाहा पाएपछि उक्त क्षेत्रमा कठोर आक्रमण गरेका थिए ।
भारतीय सेनामा रहेको बिहार रेजीमेन्टका जवानहरुले चिनियाँ सेनाहरुको टाउको गिडेको खुलेको हो । उनीहरु नजीकबाट लडाई गर्न माहिर हुने गर्दछ । बिहार रेजीमेन्टका सेना र खटक सेनाको संंयुक्त अपरेशनमा १८ चिनियाँ सेनाको टाउको गिडेका थिए । झडप करिब चार घण्टा लामो चलेको थियो ।
उक्त क्षेत्रमा दूवै तर्फको सैनिकलाई आधुनिक हतियार बोक्न बन्देज छ । सो कारण उनीहरुको झडप पौराणीक किसीमका भएको थियो । कमान्डिङ अफिसरको हत्यापछि भारतीय सेना चिनियाँ सेना माथि खनिएका थिए । चिनियाँ सेनाकै तरवार र रड खोसी उनीहरुमाथि नै भारतीय सेनाले प्रहार गरेका थिए ।
बचावका क्रममा चिनियाँ सेना पहाडी भेगमा लुक्न भागेका थिए । उनीहरुलाई लखट्ने क्रममा भारतीय सेनाहरु चिनियाँ सेनाबाट गिरफ्तार भएका थिए । उनीहरुलाई पछि रिहा गरिएको थियो ।इन्डियन डिफेन्स न्युजको भावानुवाद
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
