खुल्ने भए मेनपावर स्विकार गरे व्यवशायिले फ्रि भिषा र टिकट
खुल्ने भए मेनपावर स्विकार गरे व्यवशायिले फ्रि भिषा र टिकट
वैदेशिक रोजगारीमा जानेका लागि सरकारले लागू गरेको निःशुल्क भिसा र टिकटका विरोधमा आन्दोलनरत वैदेशिक रोजगार व्यवसायीहरु अन्ततः उक्त व्यवस्था स्विकार्न सहमत भएका छन् । शनिबार राति यसबारे सरकारसँग ३१ बुँदे सहमति भएको हो । सहमति भएसँगै आइतबारदेखि मेनपावर कार्यालयहरु खुल्ने भएका छन् । फ्रि भिसा र टिकटमा कामदार गर्न विदेश गएकाहरु व्यवसायीको कमजोरीका कारण अलपत्र गरे व्यवसायीले नै नेपाल झिकाउनुपर्ने र कामदारका व्यक्तिगत कारण भए कामदार स्वयमले नै लागेको खर्च तिरेर नेपाल आउनुपर्ने विषयमा सहमति भएको छ ।
तपाईको प्रतिक्रिया