प्रधानमन्त्री ओलीको प्रश्न- बेसारकै नाममा राजीनामा दिने ?
काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले विरोध गर्दैमा राजीनामा नदिने बताएका छन् । उनले आरोपहरुको सामना गरेर बढ्ने भन्दै कसैले विरोध गर्दैमा राजीनामा दिइहाल्नुनपर्ने बताएका हुन् ।
आज बसेको स्थायी कमिटि बैठकमा सहभागी एक नेताका अनुसार सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको बताउँदै ओलीले प्रतिवादको भाषा बोलेका थिए । उनले पार्टीभित्रैबाट सरकारलाई असहयोग भइरहेको समेत बताए । उनले गरेको प्रश्न उदृत गर्दै बैठकमा सहभागी नेताले भने, ‘मान्छेहरु बेसारका नाममा सडकमा निस्किएका छन्, अब के बेसारकै नाममा राजनिामा दिने ?’ अर्का अध्यक्ष प्रचण्डले हिजो बालुवाटारमा राजीनामा मागेको र आज पनि कडा आलोचना गरेपछि ओलीले त्यस्तो जवाफ दिएका हुन् ।
विना तथ्य अनेकन आरोपहरु लगाइएको भन्दै उनले सरकारका मन्त्रीहरुको बचाऊ गरे । गल्ती गर्नेलाई आफूले कुनै हालतमा नछाड्ने समेत प्रष्ट पारे ।
सरकारमाथि पार्टीबाहिरबाट आक्रमण भइरहँदा पार्टी प्रतिरक्षामा लाग्नुपर्नेमा त्यसो नभएको भन्दै ओलीले असन्तुष्टि जनाए ।-File Photo
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
