मलेसियाबाट स्वदेश फर्कन चाहने ७ हजारको विवरण सार्वजनिक, हेर्नुहोस् नामावली सहित
काठमाडौं । मलेसियामा रहेका ७ हजार ३४१ जना नेपालीले स्वदेश फर्कन आफ्नो विवरण टिपाएका छन् । मलेसियामा रहेको नेपाली दुतावासका अनुसार भिसाको अवधि सकिएका, कामबिहीन भएका, कोरोनाबाट प्रभावित, गर्भवती, बिरामी लगायतले स्वदेश फर्कनको लागि नाम टिपाएका छन् ।
सरकारले विदेशबाट तत्काल स्वदेश ल्याउनको लागि तोकेको प्राथमिकतामा पर्ने ७ हजार ३४१ जनाको सूची दूतावासले सार्वजनिक गरेको हो । मलेसियाबाट दुई उडानमार्फत त्यहाँ समस्यामा परेका केही नेपाली फर्किएका छन् ।
मलेसियामा पहिले दूतावासमा आफ्नो विवरण टिपाउनेलाई पनि दूतावासले फेरि विवरण भर्न लगाएको थियो । दूतावासले सार्वजनिक गरेको तथ्याँक अनुसार अधिकांश श्रम र भिसा सकिएर स्वदेश फर्कन खोज्नेहरु रहेका छन् ।
यस्तै मलेसियाबाट फर्कनेलाई मलेसियाको अध्यागमन कार्यालयले चेकआउट मेमो वा बिदाको पत्र मध्ये एक खोज्ने गरेको दूतावासले जनाएको छ । रोजगारी भिसामा मलेसिया गएका तथा भिसाको अवधि सकिएकाहरुलाई स्वदेश फर्किन चेक आउट मेमो आवश्यक पर्दछ । चेक आउट मेमो पहिले नै बनाएको र त्यसको म्याद सकिएको भएपनि स्वदेश फर्किन बाधा नपर्ने दूतावासले जानकारी दिएको छ ।
यसैगरी भिसाको अवधि धेरै बाँकी रहेको तर स्वदेश फर्किनेहरुले भनें कम्पनीबाट विदाको पत्र बनाएर मात्र स्वदेश फर्किने प्रकृया गर्न दूतावासले सुझाव दिएको छ । नेपाल फर्किनेहरुले आफू फर्किने जहाज चढ्न तथा नेपाल प्रवेश गर्न नेपाल पुग्ने दिनको सात दिन भित्रको कोभिड १९ परीक्षणको रिपोर्ट साथमा राख्न पनि दूतावासले सूचित गरेको छ ।
स्वदेश फर्कने इच्छुक नेपालीको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
