कुवेतमा एक नेपालीको मृत्यु
दोहा | रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत रहेका एक जना नेपालीको आस्पतालमा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास जनाएको छ । दूतावास स्रोतका अनुशार सिन्धुपाल्चोकका बिश्व कुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।
विगत लामो समयदेखी कुवेतमा काम गर्दै आएका उनको उपचारको क्रममा फर्वानिया अस्पतालमा मृत्यु भएको बताइएको छ ।
कुवेतमा बसेर अबैधानिक रूपमा काम गर्दै आएका उनको मृत्यु भएपछि आवश्यक पकृया पुर्याएर शवलाई नेपाल पठाउने तयारी भैरहेको दूतावास जनाएको छ । मृतक श्रेष्ठको श्रीमती पनि कुवेतमै रहेको जानकारी प्राप्त भएको छ भने घरमा एक छोरा र एक छोरी रहेका छन् ।
यो पनि हेर्नुहोश
काेराेना भाइरस संक्रमणका लक्षण र बच्ने उपाय
– रुघा खोकी लाग्नु,
– १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
– श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,
– घाँटी, टाउको तथा जिउ दुख्ने
– निमोनिया हुनु,
– सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।
१. मानिसको शरीरमा रहने प्रतिरोधात्मक क्षमता ( immunity ) लाई बढाउन सके बाहिरी विषाणु या जीवाणुलाई शरीरले मार्न सक्छ । Immunity बढाउन हरियो साग सब्जी, फलफुल, बेसार, अदुवा, कागती, लसुन, अमला, मह र ग्रीन टी मिलाएर खानुका साथै प्रशस्त पानी पिउने गर्नु पर्दछ ! यसरी शरीरमा रोगका किटाणुसँग लड्ने क्षमता धेरै भएको खण्डमा कथंकदाचित् कोरना भाइरस शरीरमा छिरे पनि हाम्रो शरीरको प्रतिरोधात्मक शक्तिले त्यसलाई नष्ट गर्दछ र संक्रमण फैलन पाउँदैन ।
२. शारीरिक व्यायम गरेर दैनिक पसिना निकाल्न सके अनावश्यक हानिकारक Toxins शरीरबाट बाहिर निकाल्न सक्नुका साथै रोगका कारक विषाणु या जीवाणुले शरीरमा हमला गर्न सक्दैन । शारीरिक व्यायम गर्नाले immunity बढ्नुका साथै शरीर बलियो पनि हुने गर्दछ । शरीरको कोषहरु बलियो भएर नै शरीर बलियो हुने भएकोले शारीरिक व्यायम गर्नेहरुलाई सरुवा रोग लाग्ने सम्भावना निकै कम रहन्छ ।
३. मानिसको भीड भाड देखि जति सक्दो टाढै बस्नु पर्दछ ! मानिसहरुको भीडभाडमा जानै पर्ने भएमा मास्क लगाएर जानु पर्दछ ! साबुन पानीले हात राम्ररी धुने, खोक्दा या छ्यूं गर्दा मुख छोप्ने गर्नु पर्दछ ।
४. हात मिलाएर या अँगालेर गरिने शिष्टाचारलाई छोडेर नमस्कार सम्ममा मात्रै सिमित राख्नु पर्दछ !
५. विदेशबाट आएकाहरुलाई संक्रमण नभएको पक्का नभइन्जेल सम्म बेग्लै बस्ने व्यवस्था गर्नु पर्दछ साथै यो महामारी मत्थर नभइन्जेल विदेश या टाढाको यात्रामा जानु हुँदैन ।
६. अनेकौ सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोनाको संक्रमणमा परे आत्तिनु हुँदैन ।कोरोनाबाट संक्रमण हुने बित्तिकै मरिन्छ भन्ने हुँदैन । संक्रमण भएको थाहा हुने बित्तिकै अस्पताल गएर भने अनुसारको उपचार गराउनु पर्दछ । संक्रमित बिरामीलाई बेग्लै राखेर सावधानीका साथ विशेष उपचारको प्रबन्ध मिलाउनु पर्दछ । बिरामीले डाक्टरले भने अनुसारको उपचार गराउनु पर्दछ ।
७. संक्रमित बिरामीलाई निको हुने हौसला दिनु पर्दछ, सकारात्मक सोच्ने वातावरण बनाउनु पर्दछ ! अनावश्यक तनाव लिनु या दिनु हुँदैन ।
८. यस बारे अफवाह फैलाउनु या फैलाउन दिनु हुँदैन ! यो महामारीको हल्ला सँग सँगै दैनिक उपभोग्य साम्रागी तथा सेवा सुबिधाहरुको कालाबजारी बढेकोछ । विपदको घडीमा मौका छोपेर अवैध रुपमा पैसा कमाउन चाहनेहरु उपर सरकार र नागरीक दुवै मिलेर कारवाही चलाउनु पर्दछ ताकी दैनिक उपभोग्य सामाग्री तथा औषधीहरुको आपूर्ती नियमित हुन सकोस् ।
९. नेपाल सरकारले पनि अन्तर्राष्ट्रिय स्तरका रोकथाम तथा निदानका उपायहरु अपनाउनु पर्दछ ।सरकारले विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय समुदायसँग यस महामारीको रोकथाम तथा निराकरणको बिषयमा भए गरेका काम र उपलब्धीहरुको आलो तातो खबर लिएर जनहितमा सोही अनुसारले कार्यक्रम बढाउने व्यवस्था मिलाउनु पर्दछ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
