डोको बुन्न आएका पाहुनाले श्रीमानलाई रक्सि किन्न पठाई श्रीमतीलाई गरे करणी
जानकारी केन्द्र
२०७७, असार, १२
काभ्रे, असार १२ । जिल्लाको मण्डनदेउपुर नगरपालिका–१२ रामपुरस्थित आफ्नै घरमा पाहुना आएका श्रीमान्का साथीले २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेका छन् । लकडाउनमा पाहुना लाग्न गएका कान्छा पराजुलीले वैशाख १५ गते साँझको समयमा श्रीमान्लाई मादक पदार्थ किन्न पठाई श्रीमतीलाई जबरजस्ती करणी गरेका थिए ।
कान्छाले केही दिन उनको घरमा डोको बुनिदिएका थिए । दुई दिन डोको बुनिसकेपछि वैशाख १५ गते उनका श्रीमान् र कान्छाले रक्सी खाने सल्लाह गरे । दुवैले रक्सी खाए । रक्सी खाँदै जाँदा थप्न मन लाग्यो तर रक्सी थिएन ।
उनै कान्छाले महिलाको श्रीमान्लाई १ सय २० रुपियाँ दिएर रक्सी किन्न पठाए । श्रीमान्लाई रक्सी किन्न पठाएर श्रीमतीलाई कान्छाले जबरजस्ती गरेको महिलाको बयान छ । श्रीमतीलाई जबरजस्ती करणी गरेको श्रीमानले देखेलगत्तै कान्छा फरार भएका छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
