Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

सुस्मिता हत्या प्रकरणः छोराको मृत्युपछि बुहारीको अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, असार, १५
सुस्मिता हत्या प्रकरणः छोराको मृत्युपछि बुहारीको अस्मिता देखि पैसासम्म ससुराको गिद्धेदृष्टि

काठमाडौं, १५ असार । हेटौंडामा १५ दिनअघि हत्या गरिएकी २४ वर्षीया सुस्मिता थापा क्षेत्रीको हत्या उनकै ससुरा, नन्दसहितको परिवारका सदस्यले गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ । आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरी हत्याको अनुसन्धानबाट पत्ता लागेको निष्कर्षबारे जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरका अनुसार सुस्मिता थापाको हत्याको कारणमा भौतिक आक्रमण देखि जर्बजस्ती करणी उद्दोग लुकाउने सम्मको कारण देखिएको छ । असार १ गते रक्सी पिएर ससुरा प्रकाश थापाले काठको लौरोले खान खाइरहेकी बुहारीलाई प्रहार गरेका थिए ।

महिनावारी भएकाले सुस्मिता भुईंमा बसेर खाना खाँदै थिइन् । उनकी नन्द सिता थापा पनि खाना खाँदै थिइन् । सोही समयमा ससुराले बाहिरबाट काठको लौरो हातमा लिएर भान्छा कोठामा प्रवेश गरी टाउकोमा प्रहार गरेपछि भुईँमा लडेकी थिइन् । त्यसपछि नन्द सिता थापाले समेत भाउजुमाथि प्रहार गरेकी थिइन् ।

सुस्मिताले बचाउ भन्ने शब्द निकालेपछि सासु तुलना थापाले सुनी भान्छा कोठामा आए पश्चात ससुरा र नन्दले सासुलाई भान्छाबाट बाहिर निकालेका थिए । त्यसपछि उनीहरुले पटक पटक काठको लौरो र ढुंगाको लोहोरोले निर्ममता पूर्वक सुस्मिता माथि प्रहार गरी हत्या गरेका थिए ।
त्यसपछि छोरी सिता थापाले आमालाई हल्ला नगर्न भनी कोठामा लगेकी थिइन् । बिग्रिएको सबै सामान यथास्थानमा राखेको र निधारमा घाउ छोपी विभिन्न स्थानमा लागेको रगतहरु पुछेपछि भान्छामा भित्रबाट कोठाको चुकुल लगाई झ्यालबाट बाहिर निस्किएका थिए । त्यसपछि हत्यामा प्रयोग भएका सामाग्री र फुटेका सामान सबै मकै बारीमा फालेका थिए । उनीहरुले आफ्नो शरीरमा लागेको रगत समेत पुछेका थिए ।

१ असारमा हत्या गरी भोलिपल्ट विहान ५ बजे बुहारीले आत्महत्या गरी भनी छिमेकीलाई जानकारी गराएपश्चात प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनाको गहिरो अनुसन्धानपछि सुर्यचोकमा २४ वर्षीया सुस्मिताको हत्याको कारण पत्ता लगाएको छ । जसमा आर्थिक र यौनजन्य कारणहरु पत्ता लागेको छ ।

२३ असोज २०७६ मा ससुरालीबाट फर्कने क्रममा सवारी दुर्घटनामा परी सुस्मिताका पति रुपेन्द्र थापाको मृत्यु भएको थियो । रुपेन्द्रको मृत्युको कारण सुस्मिता हो भनी मानसिक यातना दिने गरेका थिए ।

ससुरा प्रकाश थापाबाट बुहारी सुस्मितालाई बाथरुपममा जर्बजस्ती करणी उद्दोग गरेको समेत खुलेको छ ।

सुस्मिताका पति रुपेन्द्रको सवारी दुर्घटनापश्चात क्षतिपूर्ति पाउने पाँच लाखबारे घरायशी विवाद भएको थियो । सुस्मिताले पाँच लाख लिएपछि घरपरिवारले आफूहरुले पाउनुपर्ने दाबी गरेका थिए । उनले काम गर्ने कम्पनिबाट बिमा, बोन, तलब भत्ताको बाँकी रकम गरी ३७ लाख भुक्तानी लिने विषयमा पनि विवाद भएको थियो । यसकारण पनि भुक्तानी हुन सकेको थिएन । सामाजिक सुरक्षा कोषबाट एक लाख ७७ हजार सुस्मिताको बैंक खातामा जम्मा भएको, बिमाको १० लाख इच्छाइएको व्यक्ति बाबु प्रकाश थापाले लिइसकेको भेटिएको थियो ।
रकमको विवाद नै हत्याको मुख्य कारण देखिएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । डिएसपी इन्द्रबहादुर राना नेतृत्वको टोलीले अनुसन्धानबाट यी तथ्यहरु पत्ता लगाएको उल्लेख छ ।

कपिलवस्तुकी २४ वर्षीया सुस्मिता थापा क्षेत्रीको हेटौंडाका रुपेन्द्र थापाबीच १८ वैशाख २०७६ मा विवाह सम्पन्न भएको थियो । ससुरालीबाट फर्कने क्रममा २३ असोजमा नवलपरासीको दाउन्नेमा थापाको सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । घटनापछि मृत्युको कारण बुहारीलाई देखाउने देखि थापाको मृत्युपछि आएको रकममा विवाद देखिएको थियो ।-File Photo

Top Changing Nepal

युट्युब सट्स