Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

बलिउडका अभिनेत्री जो विवाहभन्दा पहिले नै गर्भवती भए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, असार, १६
बलिउडका अभिनेत्री जो विवाहभन्दा पहिले नै गर्भवती भए

काठमाडौं। एजेन्सी। बलिउडदेखि हलिउडसम्म नै अभिनेत्रीहरुले विवाह अगाडि नै बच्चा जन्माएका छन् । यी अभिनेत्रीहरुले आफ्नो प्रेमसम्बन्धलाई नै निकै मजबुत ठाने र विवाहलाई एक औपचारिकता मात्रै सम्झे । त्यसकारण यी अभिनेत्रीहरुले आफू गर्भवती भएको कुरा कसैलाई लुकाएनन् । र दुनियाँको अगाडि गर्भवती भएको र बच्चा जन्माएको कुरा खुलेर बताए ।
नताशा स्तानकोविक

हार्दिक पाण्डेय र नताशा स्तानकोविक विवाह अगाडि नै बाबुआमा बन्न लागेका छन् । केही समय अगाडि मात्रै इन्गेजमेन्ट गरेको समाचार बाहिरिएसँगै उनीहरुले आफूहरु बाबुआमा बन्न लागेको समेत खुलाएका हुन् ।

ब्रुना अब्दुला

जोन अब्राहमसँग ‘चंद’ फिल्ममा अभिनय गरेकी अभिनेत्री ब्रुना अब्दुल्ला विवाह अगाडि नै आमा बनेकी हुन् । उनले गर्भवती भएको समयमा सामाजिक सञ्जालमा लगातार बेबी बम्पको तस्बिर सार्वजनिक गरेकी थिइन् ।

कल्कि कोचलिन

पछिल्लो समय ‘सेक्रेट गेम्स’ वेभ सीरीजमा देखिएकी कल्की कोचलिनले पनि विवाह अगाडि नै बच्चा जन्माएकी हुन् । उनले आमा बन्नुको अनुभव निकै उत्कृष्ट तरिकाले सामाजिक सञ्जालमा बताएकी थिइन् ।

गाब्रियला

अभिनेता अर्जुन रामपालकी प्रेमिका गाब्रियलाले अघिल्लो महिना १८ जुलाईमा बच्चा जन्माइन् । उनले अर्जुन रामपालसँग विवाह गरेकी छैनन् ।

एमी ज्याकसन

अभिनेत्री एमी ज्याकसनले पनि विवाहपूर्व आमा बन्ने अनुभव बटुलेकी थिइन् ।

Top Changing Nepal

युट्युब सट्स