• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ८ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ९ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ९ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ३. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ४. एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

  • ५. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • ६. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

  • ७. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ८. आज र भोलि देशैभरी भारी बर्षाको सम्भावना

  • ९. फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

  • १०. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

श्रम स्वीकृति दिनका लागि तयार भयो श्रम कार्यालय, निर्णय कुर्दै श्रम मन्त्रालय

admin २०७७, असार, १९

मनोज पराजुली । काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिनको लागि श्रम कार्यालय ताहाचलले आन्तरिक रुपमा तयारी पुरा गरेको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारी सरकारले खुला गर्ने निर्णय गरेसंगै आवश्यक तयारी पुरा गरिएको श्रम कार्यलय ताहाचलका प्रमुख उमेश बस्नेतले साझा सबाललाई जानकारी दिए ।
स्वास्थ्य प्रोटोकलको मापदण्ड अनुसार सेवाग्राहीको लागि लाईन बस्न २/२ मिटरको दुरी कायम हुनेगरी चिन्ह लगाइएको बस्नेतले बताए । कार्यालय परिसर सरसफाइ गरेर २/२ मिटर दुरीमा लाइन बस्ने मिल्ने बनाएका छौं कार्यालय प्रमुख बस्नेतले भने ‘श्रम स्वीकृति खुल्ने कुरा आएसंगै आवश्यक तयारी गरिएको हो, श्रम स्वीकृति खुल्दा सेवाग्राहीलाई कसरी व्यवस्थापन गर्ने बारे तयारी पुरा भएकोले मन्त्रीपरिसद् को निर्णय आएसंगै सेवा प्रवाह गर्छौं ।’
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अख्तियारी प्रदान गरेसंगै श्रम स्वीकृति दिनको लागि बाटो खुलाएको थियो ।सीसीएमसी बैठकले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई विदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने उल्लेख गरेको थियो । सोहि अख्तियारीको आधरमा श्रम मन्त्रालयको सिफारिसका आधारमा विदामा आएका साथै नयाँलाई पनि श्रम स्वीकृति दिने निर्णय आएको र उक्त निर्णय कार्यान्वयनका लागि मन्त्रीपरिसद् बाट स्वीकृत हुन बाँकि रहेको श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले साझा सबाललाई जानकारी दिए ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गत फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगनको निर्देशन दिएको थियो । उक्त निर्देशन पश्च्यात विभागले गत फागुन ३० गतेदेखि वैदेशिक रोजगारीमा जाने, घर विदामा नेपाल आएका तथा नयाँ श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको थियो । श्रम कार्यालय ताहाचालले वैदेशिक रोजगार मागपत्रको स्वीकृतिका साथै श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।

साउन ७ सम्म अन्तराष्ट्रिय उडान बन्द
श्रम कार्यालयहरुले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति प्रदान गरेपनि ततकाल उनीहरु नियमित हवाई उडानबाट विदेश जान पाउने छैनन् । असार १५ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अहिलेकै मोडललाई निरन्तरता दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चलाउन पाइने छैन भने निजी सवारीसाधनलाई जोर विजोर प्रणाली लागू गरिएको छ । साथै उद्दार बाहेकका सबै हवाई उडान साउन ७ सम्म नै बन्द नै निर्णय गरेको छ । जसका कारण श्रम स्वीकृति लिनको लागि श्रम कार्यालय जाने र श्रम स्वीकृति लिएर सहज तरिकाले नियमित उडानमा कामदार विदेश जान सक्ने अवस्था भने रहने छैन ।

नियमित उडान नभएपनि चार्टर गरि विदेशबाट कामदार ल्याइएका जहाज फर्कने बेलामा नेपालबाट कामदार विदेश जान सक्ने बताइएको छ तर त्यस वापत कामदारले महँगो हवाई शुल्क तिर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

ताजा

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.