• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

२०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र निष्कासन गर्दै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

किसानलाई ५० प्रतिशत अनुदानमा केराका बिरुवा वितरण

भरतपुर। चितवनका किसानलाई केराका बिरुवा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ भरतपुरले ५० प्रतिशत अनुदानमा ५५ हजार ४४५ बिरुवा वितरण गरेको हो ।

मालभोग जातमा लाग्ने पानामा रोग विस्थापनका लागि रोग सहन सक्ने विलियम हाइब्रिड र जिनाइन जातका टिस्युकल्चर बिरुवा वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिनुभयो । “टिस्युकल्चरबाट तयार गरिएको बिरुवामा रोग कम लाग्छ र उत्पादन पनि बढी हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत चितवनको माटो सुहाउँदो बिरुवा छनोट गरेर वितरण गरेका छौँ ।”

उहाँका अनुसार केराको क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत चितवनमा पहिलोपटक ठूलो सङ्ख्यामा केराको बिरुवा वितरण गरिएको हो । जेठ महिनामा रत्ननगर, खैरहनी, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको १ नं वडाका ३१ किसानलाई रु १९ लाख बराबरको बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । त्यसमध्ये साढे नौ लाख किसानको लगानी छ । यो एक महिनाको बीचमा रत्ननगरमा ३१ हजार २६०, खैरहनीमा दुई हजार ५००, कालिकामा २० हजार १०५ र भरतपुरमा एक हजार ५८३ विलियम हाइब्रिड र जी नाइन जातका टिस्युकल्चर बिरुवा वितरण गरिएको कृषि अधिकृत ढुङ्गानाले जानकारी दिनुभयो ।

कार्यालयले माग फारम भरेका आधारमा किसान छनोट गरेको हो । माघ महिनामा केराको बिरुवा आवश्यक पर्ने किसानलाई निवेदन दिनका लागि एक महिने सूचना जारी गरिएको थियो । किसानको मागअनुसार स्थानीय स्रोत केन्द्र दाहाल कृषि फार्म, नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय कृषि अनुसन्धान केन्द्र मालेपाटन पोखरा र राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र जीतपुर बाराबाट बिरुवा लिएर वितरण गरिएको कार्यालयले जनाएको छ ।

उन्नत जात र रोग सहन सक्ने बिरुवा भएकाले आगामी वर्ष उत्पादनसमेत बढी हुने विश्वास कार्यालयको छ । विलियम हाइब्रिड र जिनाइन जातका टिस्युकल्चर बिरुवा चितवनको माटो सुहाउँदो रहेको कृषि प्राविधिकले बताउँदै आएका छन् । चितवनमा दुई हजार हेक्टरमा केराखेती गरिन्छ । त्यसमध्ये केरा जोन क्षेत्रअन्तर्गत एक हजार ३३५ हेक्टर रहेको छ । जिल्लामा वार्षिक ४५ हजार टनभन्दा बढी कोरा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादन भएको केरा काठमाडौँ, पोखरा, बुटवल र हेटौँडासम्म जाने गरेको छ । केरा जोनमा ९०० किसान सूचीकृत छन् । आगामी वर्ष पनि केराको क्षेत्र विस्तार कार्यक्रमको निरन्तरता दिइने बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा

    २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

    नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता

    जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • शाओमी नेपालले रमेशकर्प अन्तर्गत लाहानमा आधिकारिक सर्भिस सेन्टर ल्यायो सञ्चालनमा
    • २०८२ साल पौष १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्यायो एनटी फाइबर अफर : यस्ता छन् विशेषता
    • जाडोमा खाली पेट खानुस् यी खानेकुरा, हुनेछ यस्तो फाइदा
    • चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्यमा सामान्य गिरावट : कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.