ओली प्रचण्डको आ-आफ्नै प्रस्ताव, सहमतिको सम्भावना बढ्यो
काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज बालुवाटारमा मन माँझेर छलफल भएको छ । पार्टी नै फुट्ने खतरा बढेपछि महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादन शर्माले संयोजन गरेर नेताहरुबीच तीन घन्टा छलफल भएको थियो ।
दुवै नेताबीचको छलफल सकारात्मक मोडमा पुगेको छ । तर, निष्कर्ष निस्किएको छैन । अध्यक्ष प्रचण्डले २ जेठमा भएको सहमति कार्यान्वयन गर्न या नयाँ सहमति बनाएर जान भनेका थिए । उनले दुई पदमध्ये एक पद त्याग्न ओलीलाई भनेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
ओलीले भने आफू एकताको महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । प्रधानमन्त्री पद पनि पाँच वर्ष चलाउन दिन भनेको बुझिएको छ । दुवै नेताले आ आफ्नो प्रस्ताव राखेपछि थप छलफल गरी निर्णयमा पुग्ने सहमति भएको छ ।-File Photo
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


