सरिता गिरीको सांसद पद चट्
काठमाडौं, २३ असार । समाजवादी पार्टी, नेपालले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाएको छ । आज (मंगलबार) बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पदाधिकारी बैठकमा गिरीलाई सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय भएको छ ।
नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराउँदा गिरीले सो विधेयक फिर्ता लिनका लागि जेठ २८ गते संसद सचिवालयमा व्यक्तिगत संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पछि सभामुख अग्नि प्रसाद सापकोटाले उनको प्रस्ताव स्वतः खारेज भएको कुरा सदनलाई जानकारी गराएका थिए । निशान छाप परिमार्जन लागि भएको संविधान संशोधनको मतदान बैठकसमेत उनले बहिष्कार गरेक थिईन् ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

