मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ,साझेदारीको काममा विवाद हुदा शत्रुले फाइदा उठाउनेछन,सामाजिक कार्य सफल भइनेछ,आजको शुभ अंक ६ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
यात्रा गर्दा बोलिमा विचार गर्नुहोला विवाद हुनसक्छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,बोलीको अनर्थ लाग्न सक्छ विचार गर्नुहोला,आजको शुभ अंक ३ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्,पारिवारिक झगडाले गर्दा सम्बन्ध बिग्रिनेछ,यात्रामा अप्रिय घटना हुनसक्छ,आजको शुभ अंक ४ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,दिगो व्यपारमा लगानी गरिने हुँदा पछिसम्म लाभ हुनेछ,विरोधीहरु बढ्नेछन्,
आजको शुभ अंक १० रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
उद्योग र व्यापारमा गरियको साझेदारीको काम देखिने समस्याले सम्झौता भंग हुन सक्छ,झुटो आरोप लाग्न सक्छ,बोलीमा सुधार गर्नु होला,आजको शुभ अंक ८ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा आघात पुग्नेछ,चुनौतीभित्र अवसर खोज्ने समय छ,नसोची बोल्ने बानीले काम बिग्रिनेछ,
आजको शुभ अंक १ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ,मानसिक तनावले गर्दा पारिवारिक विवाद बढ्ने छ,गोपनीयतामा ध्यान ख्याल गर्नुहोला,आजको शुभ अंक २ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ,धेरै बोल्दा बिबाद पारिनेछ,आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
दाम, इनाम र प्रतिष्ठा कमाउने छ,काममा कमि कमजोरीले गर्दा अरूले फाइदा उठाउने कोसिस गर्नेछन्,कृषि, मन मिल्ने साथी संग भेट हुनेछ, आजको शुभ अंक ५ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,कार्य सफलता मिल्नेछ,आजको शुभ अंक ७ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,धार्मिक क्षेत्रमा कामको अवसर पाइनेछ,भौतिक रुपमा तथा आर्थिक रुपमा सफल भइनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
उधोग क्षेत्रमा गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ,प्रेमी प्रेमिका बिचमा मान मुटाव हुनेछ,आफन्त संग चनाखो रहनु होला,आजको शुभ अंक ४ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)





