Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

मिडियालाई नैतिक दायराभित्र बस्न सरकारको चेतावनी, दुतावासमार्फत भारतलाई ‘प्रोटेस्ट नोट’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, असार, २८
मिडियालाई नैतिक दायराभित्र बस्न सरकारको चेतावनी, दुतावासमार्फत भारतलाई ‘प्रोटेस्ट नोट’

असार २८, काठमाण्डौ । सरकारका प्रवक्ता एवंसञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले स्वदेशी र विदेशी सञ्चारमाध्यम नैतिक दायराभित्र बस्नुपर्ने बताएका छन् ।

आइतबार सिंहदरबारमा नेपाल मिडिया सोसाइटी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) लगाएतले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले अपमानित ढंगबाट कुनै पनि मिडिया जान नहुनेमा जोड दिए । कुनै दुर्भाव फैलाउने गरी, चरित्र हत्या गर्ने गरी मानमर्यादालाई नै आँच पु¥याउने गरी प्रतिष्ठा घटाउने गरी गरिएका सञ्चार माध्यमका समाचार, विश्लेषणहरुको भत्सर्ना गरेको उनको भनाई थियो ।

राष्ट्र तथा राष्ट्रियता सार्वभौमिकता र नेपालीका स्वाभिमानमा आँच पु¥याउने समाचारहरू सम्प्रेषण नगर्न पनि उनले अनुरोध गरे । मन्त्री खतिवडाले भारतीय सञ्चारमाध्यमले दूरासयपूर्ण विषयवस्तु बाहिर ल्याएको सञ्चारमाध्यम नै बन्द गरिएको बताएका छन् ।

यसैबीच भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत पठाएको ध्यानाकर्षण पत्रमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स