ओलीले दुवै पदबाट राजीनामा दिन नपर्ने, मंसिरमा महाधिवेशन, केही मन्त्री र मुख्यमन्त्री हेरफेर !
साउन ३, काठमाण्डौ । दिउँसो ३ बजेदेखी साँझ ७ः३० बजेसम्म बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए । तर सचिवालयमा मंसिरमा महाधिवेशन गर्ने सहमति भएको स्रोतले बताएको छ । अहिलेलाई नेतृत्वमा फेरबदल नगर्ने, प्रधानमन्त्री केपी ओलीले पनि राजीनामा नदिने तर मंसिरमा महाधिवेशन गरेर नयाँ तरिकाले अघि बढ्ने विषयमा लगभग सहमति भएको बुझिएको छ ।
महाधिवेशनअघि पुष्पकमल दाहाल कार्यकारी अध्यक्ष नै रहने, केपी ओली प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा रहने सहमति भएको नेकपाका एक नेताले जानकारी दिएका हुन् । तर केही मन्त्री र मुख्यमन्त्री फेरबदल गरेर भागबण्डा मिलाउने तयारी भइरहेको पनि ति नेताले बताए ।
आजको सचिवालय बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, महिला तथा समाजकल्याण मन्त्री पार्वत गुरुङ र प्रदेश पाँचका मूख्यमन्त्री शंकर पोखरेललाई पनि सहभागि गराइएको थियो । तिनै जनाको ठाउँमा अरु कसैलाई ल्याउने विषयमा छलफल गर्न उनीहरुलाई पनि सहभागि गराइएको बुझिएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि को प्रधानमन्त्री बन्छ त भनेर प्रश्न गरेको पनि बताइएको छ । ओलीले प्रश्न गरेपछि कसैले पनि जवाफ दिन सकेका थिएनन् । यद्यपी यस विषयमा बैठकपछि प्रवक्ता श्रेष्ठलाई प्रश्न गर्दा होइन भनेका थिए ।
यसैबीच सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
