विश्वविद्यालयको स्थगित परीक्षा र कक्षा १२ को परीक्षा दशैं अगावै हुने
काठमाडौं, ७ साउन । विश्वविद्यालय र कक्षा १२ को स्थगित परीक्षा दशैं अगावैबाट शुरु हुने भएको छ । विश्वविद्यालयहरुले परीक्षाको मिति समेत सार्वजनिक गर्न थालेका छन् ।
त्रिभुवन विश्वविद्यालयले इञ्जिनियरिङ्गको परीक्षाको मिति सार्वजनिक गरेको छ । अन्य स्थगित परीक्षा पनि गर्ने तयारी भएको बुझिएको छ ।
यसैगरी, कक्षा १२ को परीक्षा पनि भदौमा गर्ने तयारी भएको राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारी गरेको हो ।

कोभिड १९ को जोखिमलाई दृष्टिगत गरी सरकारले शैक्षिक संघसंस्था बन्द गरी सम्पूर्ण प्रक्रिया स्थगित गरेको थियो । लकडाउनपछि एसईईको आन्तरिक मुल्यांकनबाट अंक दिने निर्णय भइसकेको छ । कक्षा ११ को पनि परीक्षा नहुने र आन्तरिक मुल्यांकनको टुंगो लागिसकेको छ । तर, विश्वविद्यालय र कक्षा १२ को परीक्षा भने हुने भएको छ ।
सरकारले भदौ १ बाट विद्यालयको भर्ना शुरु गर्ने निर्णय गरिसकेको छ ।-File Photo
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
