• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ६ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ६ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २३ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • २४ घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १ दिन 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १ दिन 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • २. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ३. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ४. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

  • ५. पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत

  • ६. सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ७. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • ८. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ९. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • १०. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

कतारको एउटै कम्पनीले सयभन्दा बढि कामदार नेपाल फर्काउँदै, अब पीडितलाई कसले दिन्छ क्षतिपुर्ति ?

admin २०७७, श्रावण, ७

मनोज पराजुली । साउन ७, काठमाडौं । कतारको एक कम्पनीले एक सय भन्दा बढी नेपाली कामदारहरुलाई स्वदेश फिर्ता गर्न लागेको छ । कतारमा रहेको उइ युनाइटेड ट्रेडिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले एकैपटक १ सय भन्दा धेरै कामदारलाई नेपाल फिर्ता गर्न लागेको कतारबाट नेपालीहरुले साझा सवाललाई जानकारी दिएका छन् ।

नेपालको स्काई स्टार रेक्रुटमेन्ट प्रा .लि ले पठाएका १ सय १६ जना मध्ये सय भन्दा बढी कामदार नेपाल फिर्ता हुन लागेका हुन् । कोरोना महामारीका कारण काम बन्द भएको भन्दै कम्पनीले कामदारलाई ३/४ महिनाको बिदामा घर पठाउन लागेको जानकारी पाएको म्यानपावर संचालक मोहमद राजाले बताए । तर पीडितहरुले ६ महिनासम्मको बिदामा कम्पनीले स्वदेश पठाउन लागेको बताएका छन् । साझा सवालले कतारको उक्त कम्पनीमा टेलिफोन सम्पर्क गरि थप जानकारी माग गर्दा आज स्मब्धित व्यक्ति नभएको भन्दै भोलि सम्पर्क गर्न भनिएको छ ।
कम्पनी र म्यानपावरले अहिलेलाई बिदामा नेपाल पठाएको भनेपनि कामदारहरुले म्यानपावरले आफु बच्ने बाटो गरेको आरोप लगाएका छन् । उनीहरुले कतार जाँदा म्यानपावरले १ लाख ३५ हजार देखि १ लाख ६० हजारसम्म लिएको तर १० हजारको मात्र रसिद दिएको बताएका छन् । उक्त कम्पनीमा पुगेका प्राय सबै झापा जिल्लाका रहेकोले त्यहाँका स्थानीय व्यक्ति (एजेन्ट : हाल यो व्यवस्था खारेज भइसकेको छ ) मार्फत म्यानपावरले रकम लिन लगाएको पीडितहरुले बताएका छन् ।

हाल समस्यामा परेकाहरु सबै ६ महिना अघि उक्त कम्पनीमा प्रेट्रोल फिलर कामको लागि कतार पुगेका थिए । हामी कतार पुगेको डेढ महिना देखि २ महिनासम्म काम गरेका थियौं त्यस अवधिको पनि पुरा तलब पाएका छैनौं कतारबाट एक पीडितले साझा सबालसंग भने ‘२ महिनापछि लकडाउन शुरु भयो, कम्पनीले काम दिएन, अहिले कम्पनीले धमाधम सबैलाई एक महिनाको न्युनतम तलब र एकतर्फी टिकट उपलब्ध गराउने भनेर जवर्जस्ती हस्ताक्षर गर्न लगाएको छ, हस्ताक्षर गरिएन भने नेपाल फिर्ता पठाउँदैन, हस्ताक्षर गरौँ भने नेपालमा क्षतिपुर्ति दावी गर्न नपाइने हो कि भन्ने चिन्तामा परेका छौं ।’

कम्पनीले अहिले घर पठाएर फेरी कतारमा काम गर्न बोलाएन भने के गर्ने ? कतार आउँदा म्यानपावरले लिएको हाम्रो पैसा त डुब्यो नि कतारबाट अर्का पीडितले भने ‘जाँदा म्यानपावरले एजेन्ट मार्फत लिएको १ लाख ४५ हजारको ब्याज सहित २ लाख पुगिसक्यो, अब त्यो रकम कसरी तिर्ने ? कतार पुगेको ६ महिना मात्र भयो, २ महिनाको तलब मात्र दिएको छ त्यस पछि न काम दियो न दाम ।’

दुतावासको जानकारीमा छैन : राजदुत, भारद्वाज
कतारका लागि नेपालका राजदूत डा: नारदनाथ भारद्वाजले उइ युनाइटेड ट्रेडिङ एण्ड कन्स्ट्रक्सन कम्पनीमा समस्यामा परेका नेपालीबारे दुतावासमा जानकारी प्राप्त भईनसकेको बताएका छन् । उक्त कम्पनीमा समस्यामा परेकोबारे हामीले लिखित जानकारी पाएका छैनौ तरपनि के रहेछ श्रम सहचारीसंग म बुझ्नेछु राजदुत भारद्वाजले कतारबाट साझा सबालसंग टेलिफोनमा भने ‘कामदार तथा कम्पनीले लिखित जानकारी दिएका छैनन्, यदि गुनासो औपचारिक रुपले आएमा हामी कम्पनीसंग कुराकारी गरेर बुझ्छौं, कामदारले पाउने तलब चुक्त्ता गराउन पहल गर्छौं ।’

कतारमा कामदारका समस्यालाई दुतावासले शुरुमा हेर्न नमिल्ने भएकोले शुरुमा कतारको लेवर डिपार्टमेन्टमा गएर उजुरी दिएपछि त्यसबारे दुतावासमा जानकारी दिन उनले कामदारहरुलाई आग्रह गरे ।

अहिलेको अवस्थामा बिदामा स्वदेश जानु भनेको अन्तिम करार अवधि सकिएर जानु सरह हो राजदुत भारद्वाजले भने ‘अहिलेको अवस्थामा ६ महिना सम्म कतार आउन सक्ने अवस्था छैन, ६ महिनामा कामदारको भिषाको म्याद नै सकिन्छ ।’ बिदामा भनेर नेपाल पठाउन लागेको छ भने त्यो कामदारहरुले पाउनुपर्ने सबै बाँकी चुक्ता गर्नुपर्दैन, पुन: काममा आएपछि मिलाउने भनेर पठाउन सक्छन् तर कामदार फर्कन नपाए उनीहरुले पाउनुपर्ने बाँकी सुबिधा गुम्न सक्छ ’ राजदुत भारद्वाजले भने ।

कामदारले दुतावासमा गुनासो गरेपछि कम्पनीसंग सम्पर्क गर्ने र कानूनी रुपले कामदारले कम्पनीबाट पाउनुपर्ने रकम बाँकी उपलब्ध गराउन पहल गर्ने उनले बताए ।

विभागमा उजुरी दिए छानवीन गर्छौं : महानिर्देशक, दाहाल
विदेशमा समस्यामा परेर स्वदेश फर्किएका कामदारको विषयमा वैदेशिक रोजगार विभागमा निवेदन दिएमा छानवीन गरि पीडितलाई मिल्नेसम्म क्षतिपुर्ति उपलब्ध गराइने विभागका महानिर्देशक कुमार दाहालले बताए । कोहि समस्यामा परेर नेपाल फर्किएका छन् भने उनीहरुले विभागमा उजुरी दिनुपर्यो महानिर्देशक दाहालले भने ‘उनीहरुको उजुरीको विषयमा कामदार, म्यानपावर संचालक र सम्बन्धित देशका कम्पनी तिनै पक्षबाट आवश्यक जानकारी लिएर वास्तविकता बुझ्छौं, त्यसपछि पीडित पक्षलाई कानुनमा भएको व्यवस्था अनुसार नै मिल्नेसम्म क्षतिपुर्ति उपलब्ध गराउने काम गर्नेछौं ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

ताजा

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.