मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,स्वास्थ्यमा समस्या आउँन सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
अचल सम्पत्ति हात पर्ला ,अप्रिय घटना हुनसक्छ,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,सामाजिक कार्य सफल भइनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
प्रेम सम्बन्ध कसिलो होला,आर्थिक क्षेत्रमा सफल हुनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आजको शुभ अंक ९ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,आर्थिक क्षेत्रमा सफलता मिल्ला , आजको शुभ अंक ७ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
साझे दारीको काममा संकट आउनेछ,पारिवारिक कलहको सम्भावना छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,मनमा चिन्ता हुनेछ ,आजको शुभ अंक ४ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,नाक तथा घाँटीमा समस्या आउला ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,
आजको शुभ अंक ६ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,आफन्त संग विवाद हुनेछ,धार्मिक कार्य सफल रहनेछ, आजको शुभ अंक ३ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
स्वास्थ्यमा गगबढी हुनेछ ,किनमेल गर्दा सजग रहनु होला,राजनैतिक कार्यमा सफलता मिल्नेछ ,नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ,आजको शुभ अंक ५ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
घर–गृहस्थीमा भने समस्या आउन सक्छ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ,आजको शुभ अंक २ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,आजको शुभ अंक ८ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,धार्मिक यात्राबाट आनन्द हुनेछ,कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्,आजको शुभ अंक १० रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,पति पत्नी बिचमा मन मुटाव हुनेछ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सन्तान पक्षमा खुशीको योग छ, आजको शुभ अंक १ रहेको छ ।
राशिफलमा जे जस्तो भय पनि तपाईको दिन शुभ रहोस् ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)