आजदेखि सुरु भएको सटडाउनमा स्थगित र सुचारु गरिएका सेवाहरु
काठमाडौं, साउन २५ । काठमाडौं , ललितपुर र भक्तपुरका जिल्ला प्रमुखबीच शुक्रबार बसेको बैठकले आजबाट उपत्यकामा सटडाउन लागू भएको छ । उपत्यकामा कोरोना संक्रमितका संख्या बढेसँगै आजदेखि विभिन्न सेवा प्रवाहमा रोकसमेत लगाइएको छ ।
संक्रमणले विकराल रुप लिदैँ गएपछि आवदेखि उपत्यकामा सटडाउन सुरु भएको हो।
जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै संचालनमा रहने र बन्द भएका सेवाहरुबारे जनाकारी दिएको छ ।
जसमा शान्ति सुरक्षा सम्बन्धी कार्यहरू, ठाडो निवेदन र उजुरी सम्बन्धी कार्य, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापन कार्य खुला रहने छन् भने नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण, हातहतियार दर्ता र नवीकरण, संस्था दर्ता र पत्रपत्रिका दर्ता साथै नवीकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवा बन्द रहने छन् ।


सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
