यसरी भयो टाउको अलग पारिएको शव र हत्या भएको घरको पहिचान
जानकारी केन्द्र
२०७७, श्रावण, २६
काठमाडौं, २६ साउन । प्रहरीले हिजो सुटकेश र झोलामा शरीर र टाउको अलग अलग पारेर फालेको अवस्थामा एउटा शव फेला पारेको थियो । शव फेला परेको २४ घन्टाभित्र मृतकको पहिचान खुल्यो । लगत्तै हत्या गरिएको घर ।
गोंगबुमा भएको घटनामा मृतक दाङ घर भएका कृष्णबहादुर बोहराको पहिचान खुलेको हो । उनी गार्मेन्टमा काम गर्थे । घरभन्दा ५० मिटर पर शव फेला परेको थियो । प्रहरीले अत्याधुनिक अनुसन्धान प्रविधि र तालिम प्राप्त कुकुरको प्रयोग गरी घटनास्थल पत्ता लगायो ।
मृतकको पहिचान उनका मामाले गरेका थिए । शवको सनाखत भएपछि प्रहरीले सोधपुछका क्रममा घटना भउको चार तल्ले घर समेत पत्ता लगायो । सोही घरको कोठामा घटना घटेको थियो । घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ चलिरहेको छ । प्रहरीले छिट्टै अभियुक्त पत्ता लगाइने भन्दै अनुसन्धान जारी भएको जनाएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
