युएइका राजकुमारको मर्सडिज गाडीमामा चराको गुँड,बच्चा नकोरोले सम्म चलाएनन् गाडी
दुबई
मध्यपुर्वी देशका शाही परिवार र राजकुमारहरुको विलासी जीवन शैली चर्चामा आउनु ठुलो कुरा होइन । तर एउटा युवराजको ह«दयमा देखिएको पन्छीमोहले विश्वकै ध्यान खिच्न सफल भएको छ ।
एउटा राजकुमार आफनो जीवन शैलीबाट अगाडी बढ्दै ससाना खुसीलाई कसरी महत्व दिन्छ भन्ने कुरा युएइका युवराज शेख हमदान बिन मोहम्मद बिन रासिद अल मकतुमले देखाएका छन् ।
उनको यो अदभुत कार्यलाई लिएर सामाजिक सन्जालमा कयौं दिन देखि चर्चा चलिरहेको छ । वास्तवमा उनको मर्सडिज सुव गाडीमा एक पन्छिले गुँड बनाएको थियो ।
युवराजले जब त्यो दखे, उनले त्यो गाडी प्रयोग गर्न छोडे । यति मात्र होइन, उनले गाडीलाई रातो टेपले बेरेर अरुलाई पनि उक्त चराको गुँडको ख्याल राख्न र त्यसलाई कुनै नोक्सान नपुर्याउन सचेत गराए ।
चरा गुँड बनाएपछि त्यसमा बच्चा कोरल्ने तयारी गरिरहेको थियो ।उक्त चरा प्रतिको राजकुमारको प्रेम यतिमा रोकिएन । राजकुमारले आफनो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो पनि सेयर गरे । जसमा उक्त चराले गुँड बनाए देखि अन्डा दिएको र त्यसबाट चल्ला निकाल्दासम्मको सुट गरिएको थियो ।
विडियोमा सबैभन्दा माया लाग्दो दृष्य भनेको जब आमाले आफना बच्चालाई खाना खुवाइरहेको थियो । यो भिडियो सेयर गरेपछि क्याप्सनमा राजकुमारले लेखेका छन् – कहिलेकाहीँ साना कुराहरु जिन्दगीमा आवस्यकता भन्दा धेरै हुने गर्छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


