काठमाडौ, ५ भदौ । सरकारले कोरोना नियन्त्रणका लागि देशभरी शिक्षकहरुलाई परिचालन गर्नेभएको छ ।
देशभरी विद्यालयहरु बन्द रहेको र शिक्षकहरु खाली रहेकाले उनीहरुलाई परिचालन गर्दा सहज र प्रभावकारी हुने सरकारले निश्कर्ष निकालेको हो ।
स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले कोरोना नियन्त्रण सम्वन्धी मापदण्डहरु पालना गराउन शिक्षकहरुलाई परिचालन गर्ने निर्णय भएको जानकारी दिए ।शिक्षकहरुलाई स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउन, सचेतना जगाउन, अनुगमन गराउन परिचालन गरिने उनले बताए ।
गाउँ टोलमा स्थानीय शिक्षकहरुलाई सवैले मान्ने, उनीहरु पनि आफै जान्ने र बुझ्ने भएकाले उनीहरुको भूमिका प्रभावकारी हुने डा. कार्कीको विश्वास छ । विषेश गरेर कोरोनाभाइरसबाट संक्रमित व्यक्ति र परिवारलाई समाजमा गरिने भेदभाव र घृणा नियन्त्रणका लागि पनि शिक्षकहरुले उनीहरुलाई सम्झाउने, बुझाउने गर्न आवश्यक रहेको उनले बताए ।
उनले भने, “शिक्षकहरुलाई मुख्य गरेर चेतानाअभिबृद्धिकै लागि आग्रह गरिने भएको हो । उनीहरुले टोलटोलमा सन्देश पुर्याइ सकेका र कोरोना नियन्त्रणका लागि प्रभावकारी योगदान पुग्नसक्छ भन्ने हाम्रो विश्वास छ ।”
उनले शिक्षकहरु परिचालित हुँदा स्वास्थ्यकर्मीहरुले सहयोग गर्ने, शैक्षिक सामग्री उपलब्ध गराउने र आवश्यक सुरक्षा सामग्रीहरु पनि प्रदशान गरिने जानकारी दिए । कोरोना विरुद्ध शिक्षकहरु परिचालन गर्ने कार्यलाई देशभरी अभियानका रुपमा चलाउन लागिएको सल्लाहकार डा. कार्कीले बताए
र यो पनि हेर्नुहोस
कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने ? यी हुन् १३ उपाय
१, घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा तथा फेस मास्क अनिवार्य लगाऔं ।
२, एकपटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा÷परिवर्तन गरौ ।
३, घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौ तथा दैनिकरुपमा सफा राखौं ।
४, घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोली सकेपछि÷बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔ वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।
५, ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा ह्याण्ड स्यानिटाइजरको प्रयोग गरौं ।
६, घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थाली÷प्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौं ।
७, सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं। नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौं।
८, रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔ ।
९, घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौं । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौं।
१०, एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुनः प्रयोग गरौं ।
११, खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसंग हात धोऔं ।
१२, यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घरभन्दा बाहिर यात्रामा नस्किऔं । घरमा छुट्टै आइसोलेसन रुममा राखी उपचार गरौं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔं। मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं ।
१३, दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ । शरिर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौं ।







