कक्षा १२ को परीक्षाबारे ५ मोडालिटीमा छलफल
काठमाडौं, ७ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी अघि सारेको छ । बोर्डले विभिन्न सरोकारवाला संस्था र विज्ञसँग छलफल गरी उनीहरुको सुझावमा पाँच मोडालिटी अघि सारेको हो । पाँच महिनादेखि स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले नयाँ मोडालिटी अघि बढाएको हो ।
बोर्डले अघि सारेको मोडालिटीमा तयारी भइरहेको प्रश्नपत्र प्रदेश परीक्षा कार्यालयमा पठाएर विद्यालयमै केन्द्र राखेर परीक्षा सञ्चालन गर्ने, कोरोना महामारी कम भएको जिल्ला र क्षेत्रमा परीक्षा सञ्चालन गर्दै जाने रहेको छ ।
त्यस्तै ओपन बुक प्रणालीअन्तर्गत प्रश्नपत्र तयार गरी अनलाइनबाट परीक्षा सञ्चालन गर्ने, कक्षा १२ को आन्तरिक परीक्षालाई मूल्यांकन गरी परीक्षा लिने र कक्षा ११ को परीक्षालाई आधार मानी सोही आधारमा कार्यविधि तयार गरी परीक्षा सञ्चालन गर्ने मोडालिटीको विषयमा छलफल गरेको छ ।
बोर्डले विद्यालयले परीक्षा दिएको प्राप्ताङ्क सम्परीक्षण गर्ने, आवश्यक परेको आधारमा धेरै नम्बर दिएका
विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरी पुनः प्राप्ताङ्क दिने अधिकार बोर्डले लिएर गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले पाँच मोडालिटीको विषयमा छलफल भएपछि कुन आधारमा परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘छलफलकै क्रममा छौं, उपत्यकामा निषेधाज्ञा सकेलगत्तै मोडालिटीसहितको प्रतिवेदन तयार गरी मन्त्रीलाई बुझाउनेछौं, मन्त्रालयले दिएको निर्देशनको आधारका परीक्षा सञ्चालन गर्नेछौं ।’ बोर्डले देशैभरका शिक्षक, प्रदेश परीक्षा प्रमुख, विज्ञ, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ, संगठन, महासंघलगायत निकायसँग छलफल गरिसकेको छ । बोर्डले विद्यार्थी संघ, संगठन, हिसान र केही प्रतिनिधिमूलक संघसंगठनका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरेको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
