• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १४ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १५ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १६ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १६ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १७ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • २१ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • २३ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

भाद्र ०७ गते आईतबारदेखी भाद्र १३ गते शनिबार सम्मको साप्ताहिक राशिफल

admin २०७७, भाद्र, ७

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेममा नजिक हुन सकिने तथा रमाईलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलाशी सामानको प्रयोग गरी अरुको ध्यान तान्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । मंगलबार दिउसोबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले व्यास्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरि महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । तरपनि सुरक्षा क्षेत्रसँग सम्बन्धीत पेशा व्यावसाय,माटो तथा घरजग्गाको कारोबार गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रुममा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । साता अन्तिम अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पति तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । तरपनि बैक तथा बित्तिय क्षेत्र, चलचित्र क्षेत्रसँग सम्बन्धित कामहरु फिलिम,मोडलिङ, फेसन डिजाईनिङ, गल्यामरस जस्ता क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

साता राम्रो रहेकोले आफन्तसँग रमाईलो यात्रा हुनेछ भने यात्राका क्रममा भरपुर मनोरञ्जन लिन सकिनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग मार्फत अरुको ध्यान आकर्षित गर्न सकिनेछ । प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । परिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । ईष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रुपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगती हुनेछ । सञ्चार जगतमा,ईन्फर्मेसन टेक्नोलोजि, सफ्टवेयर डिजाईनिङ,स्टक एक्चञ्ज,चार्टर एकाउन्टेण्ट,ब्यापार,हास्य ब्याङग्य कलाकार,लेखक,साहित्यकार,राजदुत तथा चलचित्र क्षेत्रमा काम गर्नेहरुका लागी साताको अझ समय शुभ रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मंगलबार बिहानसम्मको समय मध्यमय रहेकोले आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । मंगलबार दिउसोबाट प्रतिस्पर्धामा विजयको योग रहेकोछ भने तपाईको कुरा काट्ने तथा ईष्र्या गर्नेहरु हार खानेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरुलाई किनारा लगाउदै परिणाममुखी काम गर्न सकिनेछ । अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । पानिसँग सम्बन्धित जलसेना,हाइड्रो ईन्जिनियर, पौडिबाज,तेल प्रसोधन, खेतिपाति, पशुपालन,कृषि, डेयरि प्रोडक्सन तथा प्रसासनिक क्षेत्रमा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहेकोछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । मंगलबार दिउसोबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले घरजग्गा तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आमा तथा आफन्तसँग मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोला केहि समय पर्खनु नै राम्रो हुनेछ । माया प्रेममा धोका तथा शंका बढ्नेछ । राजनीति तथा समाजसेवी हरुका लागी समय मध्ययम रहेकोछ ।
तरपनि सेना,प्रहरि,गुप्तचर,सुरक्षा सँगठन,उद्योग, ब्याबस्थापन,मेडिकल,राजनिति,प्यारामेडिकल क्षेत्र, रिशर्च,अध्यात्म, ज्योतिष प्रशासनिककार्य, जस्ता क्षेत्रमा काम गर्नेहरुका लागी साता उत्तम रहेकोछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

व्यापार बढ्नुको साथै आम्दानीमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो वातावरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारीता क्षेत्रमा समय लगानी गर्नेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । आÏनै मेहनेतले व्यावसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीको सँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाइमा मन जानेछ भने पढाईकै सवालमा यात्रा गर्न सकिनेछ । साताको अन्त अर्थात शुक्रबारको समय मध्ययम रहेकोले आफन्तसँग मनमुटाब हुनेछ । तरपनि ब्यापार ब्याबसाय,बाणिज्य,लेखन,कलासाहित्य तथा सबै खाले प्राबिधिक ,कम्यूनिकेशन,अफिसर, वलिक, राजनितिक सल्लाहकार, शिक्षक आदि पेशा व्यावसायमा समय लगानी गर्नेहरुका लागी साता उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

साता राम्रोे रहेकोले विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ । प्रविधिको प्रयोग गरी रचानात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरीएका कामहरु उपलव्धी मुलक बन्दै जानेछन् । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरु प्रशस्त भेटिनेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तीको योग रहेकोछ । कूटनिति, परराष्ट्र,राजनिति,राजदुत वा यस्तै कार्यमा आफुलाई अब्बल साबित गर्दछन् । त्यसैगरि स्पेश ईन्जिनियर,खगोलबिज्ञान,जिनेटिक ईन्जिनियर,कपडा,कागज,प्रेस तथा मिडिजा जस्ता क्षेत्रमा यो साता शुभ रहकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पती तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनीतिमा लाग्नेहरुका लागी समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमी कमजोरीहरु सुधार्दै जीवन शैलिमा परिवर्तन गर्न सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आईतबार दिउसोबाट मंगलबार बिहानसम्मको समय मध्ययम रहेकोले न्याय संगत काम नगर्दा दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । अग्रज तथा आफन्त सँग सैद्धान्तिक राय बाजिनेछ । कबि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

साताको सुरु र अन्तको समय राम्रो रहेकोले बिभिन्न साधन स्रोत जुटाई दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । पैत्रिक सम्पतीको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैकिङ क्षेत्रमा गरीएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । दाजुभाईको सहयोगले भौतिक सम्पति तथा सवारी साधन जोड्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । मंगलबार दिउसोबाट बिहीबार दिउसोसम्मको समय मध्ययम रहेकोले खर्च स्थानमा गोचर गर्ने चन्द्रमाले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधि खर्च बढेर जानेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । तरपनि प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भुउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुबादक, कम्प्युटर सफ्टवेयर तथा हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि काम गर्नेहरुका लागी साता राम्रो रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

राजनीतिज्ञ तथा समाजसेवीहरुले जनताको कामगरी पद प्राप्त गर्न सक्नेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । ईमान्दारिता तथा लगनशिलताको उच्च मुल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । मनमा धार्मिक प्रविधि जागृत हुनेछ । साताको अन्त अर्थात शुक्रबारको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ । कामगर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तरपनि न्याधिस, ईन्जिनियर, डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ ब्याबस्थापन,मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

शुभचिन्तक तथा परिचित व्याक्तीबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ । कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । पुर्खौली धन तथा सम्पतीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना विवादलाई सल्टाउन तपाईको महत्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ । अध्ययनमा मन जानेछ । प्रणय सम्बन्धमा पथ प्रगाडता थपिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भुउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनितिमा लाग्नेहरुका लागी साता उत्तम रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) साताको सुरु र अन्तको समय राम्रो रहेकोले भाग्यले साथ दिने हुनाले सानो लगानि तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजिमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्वन्धीत बिषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्याक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ । सोमबार र मंगलबारको समय मध्ययम रहेकोले संकट व्यावस्थापनमा चालिएका कदमहरु निअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाकी रहनेछ भने शरिर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । तरपनि इन्जिनियर,दूध तथा दूग्ध पदार्थ, जलसेना, गोताखोर, बैज्ञानिक शोधजस्ता क्षेत्रमा सफल मानिन्छन् । लेखन, साहित्य,कबिता, दर्शन ,कला तथा साहित्य, मनोरञ्जन, हास्य बिधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।

तपाईँको दिन शुभ रहोस ।
ज्योतिषी दुर्गा भण्डारी ।
सुदुर खबर बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ०९ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.