रुस, चीन र बेलायतमा निर्मित कोरोनाविरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण हुने
काठमाडौं, ७ भाद्र । कोरोना भाइरसविरुद्धको छ वटा भ्याक्सिन मानव परीक्षणको तेस्रो चरणमा रहेको खबर आइरहँदा नेपालमा पनि केही भ्याक्सिनको परीक्षण हुने भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डाक्टर प्रदीप ज्ञवालीले भ्याक्सिनको परीक्षण नेपालमा पनि गर्न चीन, रुस र बेलायतको भ्याक्सिन कम्पनिहरु इच्छुक रहेकाले त्यसको प्रक्रिया अगाडि बढाइएको खुलासा गरे ।
‘क्लिनिकल ट्रायलको तेस्रो चरणमा रहेका चीन, रुस र युकेको अक्सफोर्ड भ्याक्सिन उत्पादक कम्पनिहरुले नेपालमा पनि तेस्रो चरणको परीक्षण गर्न इच्छा देखाएकाले प्रक्रिया बढाइएको छ,’ डाक्टर ज्ञवालीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा भने ।
उनले भ्याक्सिनको परीक्षणका लागि स्वास्थ्य मन्त्रालयको स्वीकृती लिई परिषद्ले तत्परता देखाएको समेत बताए ।तीनवटा कोभिड भ्याक्सिन नेपालमा परीक्षणका लागि स्वीकृती प्रदान गर्न प्रक्रिया बढाइनुलाई अर्थपूर्ण मानिएको छ ।
यसलाई नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन छिटो ल्याउने तयारीका रुपमा समेत हेरिएको छ । भ्याक्सिनको विकास नहुँदै कतिपय देशले परीक्षणको अनुमती प्रदान गरी ती भ्याक्सिन छिटो ल्याउने सुनिश्चितताको वातावरण बनाइरहेका छन् । यसअघि स्वास्थ्य मन्त्रालयले भ्याक्सिन विकास भएपछि छिटो ल्याउन पहल शुरु भइसकेको खुलासा गरेको थियो ।
यसैगरी, डाक्टर ज्ञवालीले रेम्सेडिभिर कम्पनिको औषधी नेपालमा प्रयोग शुरु गरिएको समेत जानकारी दिए । औषधी व्यवस्था विभागबाट स्वीकृत प्राप्त गरी कोभिड रोकथाम तथा उपचारका लागि प्रयोग भएका अस्पतालहरुमा रिसर्च प्रोटोकल र गाइटलाइनबाट प्रयोग गरिने जानकारी दिए । उनले रेम्सेडिभिर आफूखुशी प्रयोग र विक्रीवितरण भने गर्न नपाइने बताए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
