यस्तो छ एलिजा गौतमको पल शाह संग अभिनित नया गित
काठमाडौं । चर्चित नायक पल शाह र नायिका एलिजा गौतम अभिनित ‘आटो पिठो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो लाईमलाईट नेपालमार्फत सार्वजनिक गरिएको हो ।
अहिलेका सर्वाधिक चलेका गायक निशान भट्टराई र गायिका सोनिका लामाको स्वर रहेको उक्त गीतमा नायक शाह र नायिका गौतमको जोडदार अभिनय रहेको छ । दीपक शर्माको शब्द, संगीत रहेको उक्त गीतको एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन् ।
भिडियोको छायाँकन भने रामकुमार केसीले गरेका छन् । गम्भिर बिष्टको कोरियोग्राफी रहेको भिडिओको सम्पादन तथा निर्देशन टेकेन्द्र शाहले गरेका हुन् । लकडाउनकै अवधिमा एलिजा अभिनित भिडियो ‘आधी कपाल’ सार्वजनिक भैसकेको छ ।
आधी कपालमा एलिजासँगै दुर्गेश थापाको अभिनय छ । त्यस्तै, केही दिनअघिमात्रै पुष्प खड्का र एलिजा अभिनित ‘म सास बन्न पाए’ बोलको गीतको भिडियो पनि सार्वजनिक भएको छ । यसअघिका दुवै भिडियोलाई दर्शले अत्याधिक रुचाएका छन् ।
यसरी गरिएको थियो सुटिंग
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
