Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

नौ प्रकारका कोरोना भ्याक्सिन अन्तिम परीक्षणको चरणमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, भाद्र, १७
नौ प्रकारका कोरोना भ्याक्सिन अन्तिम परीक्षणको चरणमा

एजेन्सी, १७ भाद्र । कोरोना भाइरसका नौ प्रकारका भ्याक्सिन अन्तिम परीक्षणको चरणमा रहेका छन् । मानव परीक्षणको तेस्रो चरणमा विभिन्न देशका कम्पनिले विकास गरिरहेका भ्याक्सिन अन्तिम चरणको परीक्षणका क्रममा रहेका हुन् ।

अन्तिम परीक्षणको चरणमा रहेका भ्याक्सिनहरुमा चिनियाँ कम्पनि सिनोभाक बायोटेकको कोरोनाभ्याक, वुआन इन्स्टिच्युट अफ बायोलोजिकर प्रडक्ट्सको भ्याक्सिन, बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रटक्स्टको भ्याक्सिन र क्यानसिनो बायोलोजिक्सको भ्याक्नि, अष्ट्रेलियाको मुरडक्ट्सको चिल्ड्रेन रिसर्च इन्स्टिच्युट, ब्रिटे र स्वीडेनको कम्पनि एस्ट्राजेनेकाको अक्सफोर्ड भ्याक्सिन, छन् ।

रुसको गेमेलिया रिसर्च इन्स्टिच्युटको स्पुतनिक भी ले तेस्रो चरणको परीक्षण गरिरहेको छ । उसले भ्याक्सिन दर्ता गरी प्रयोग गर्दैछ । अमेरिकाको मोर्डना कम्पनिको भ्याक्सिन पनि तेस्रो चरणको परीक्षणको क्रममा छ ।

अहिलेसम्म कुनैपनि भ्याक्सिन पूर्ण प्रयोगका लागि अनुमोदित भइसकेको छैन । तर, रुसको गेमेलिया, चिनियाँसहित तीन प्रकारका भ्याक्सिन प्रारम्भिक र निश्चित क्षेत्रहरुमा मात्र प्रयोगको अनुमोदन भएको हो ।

नौ वटा भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ । १४ वटा भ्याक्सिन दोस्रो चरणको परीक्षणका क्रममा छन् । २३ वटा भ्याक्सिन पहिलो चरणको परीक्षणका क्रममा छन् । यसरी ४६ वटा भ्याक्सिन मानव परीक्षणका क्रममा छन् ।

Top Changing Nepal

युट्युब सट्स