वैदेशिक रोजगारमा जान ‘एनओसी’ चाहिने, यस्तो छ प्रक्रिया (विज्ञप्ति सहित)
काठमाडौँ | वैदेशिक रोजगार विभागले गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) नेपाली दूतावासबाट प्रमाणित गरेर पेश गरेपछि मात्र वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति जारी गर्ने जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै गत फागुन २९ गते अघि मागपत्र प्रमाणित भइ पूर्वस्वीकृति लिएकाको हकमा अन्तिम श्रम स्वीकृति लिन दूतावासाबट प्रमाणित एनओसी पेश गर्नुपर्ने जनाएको छ ।
यस्तै पूर्वस्वीकृति लिने प्रक्रियामा रहेका र नयाँ मागपत्रको हकमा समेत गन्तव्य मुलुको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको एनओसी सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने छ । नयाँ व्यक्तिगत श्रम स्वीकृतिको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदता कम्पनीको आधिकारिक इमेलबाट हालै जारी एनओसी वैदेशिक रोजगार कार्यालय ताहाचलको आधारिक इमेलमा प्राप्त भएको हुनुपर्ने विभागले जनाएको छ ।
यही भदौ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा श्रमस्वीकृति खुला गर्ने निर्णय गरेको थियो । वैदेशिक रोजगार कार्यालय ताहाचलले काठमाडौँको निषेधाज्ञा खुलेपछि श्रम स्वीकृति प्रदान गर्ने तयारी गरेको छ । सरकारले यसअघि देखि नै बिदामा आएका नेपालीलाई काममा फर्कन पुनः श्रम स्वीकृति दिँदै आएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक




