तरुण दल द्वारा स्वास्थ्य सामग्री वितरण
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रस निकट युवा संगठन नेपाल तरुण दलले पाटन र वीर अस्पतालमा गएर स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
१०७ औं वी.पी जयन्तीको अवसर पारेर तरुण दलले पाटन अस्पताल अन्तर्गत हाडजोर्नी विभागमै गएर एक हजार थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड वितरण गरेको हो । यस्तै लगतै वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभागमै पुगेर तरुण दलले १००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड वितरण गरेको हो ।
‘कोरोनाको महामारीको अवस्थामा अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान गर्दै यो स्वास्थ्य सामाग्री वितरण गरेका हौ’, तरुण दल अध्यक्ष जित जंग बस्नेतले बताए ।
त्यसै गरी यस काममा स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग पुर्याउने नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत ब्यक्त गरेको छ । कार्यक्रममा तरुण दल केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
