मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अन्नको पनि लाभ मिल्न सक्छ । आज तपाइको धन लाभको योग छ । पढाइमा प्रगती होला, साथै दिन खुशी साथ बित्ने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धन कमाउने बाटाहरुको थालनी हुने दिन छ । सोचेका काममा सफलता पनि मिल्नेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ । परिवारमा खुशिको माहोल छाउनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ । शरिरमा रोगले पनि सताउने दिन छ । स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । टाढाको यात्रा आज नगर्नु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यमा कुनै समस्या देखिने छैन । पढाइमा सफलता मिल्ने दिन छ । कमाइ सोचे अनुरुप हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन । आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुन्छ । काममा जोश र जागँर बढ्ने देखिन्छ, दिन एकदमै राम्रो छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हात हतियारबाट जोगिएर काम गर्नुहोला । छर छिमेकसँग सामान्य मनमुटाव पर्ने देखिन्छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला । कुसैसंग झगडा पनि हुन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ । जागिरमा केही अल्छीपन छाउनेछ । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । ब्यापार तथा जागीरमा दिन ठिकै छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पराक्रम बढनुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । यात्राको पनि योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
वैदेशिक कार्यमा असफलभै दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । साथै, परिवारमा पनि समस्या आउनेछ ।