ज्ञानेन्द्र शाही अनुकुल समाचार नबनाएको भन्दै समर्थक द्वारा पत्रकारको चरित्रहत्या
काठमाण्डौ – आफुलाई भ्रष्टाचार विरुद्धको सामाजिक अभियान्ता बताउने ज्ञान बहादुर शाही उर्फ ज्ञानेन्द्र शाहीका समर्थकहरुले श्रमजीवी पत्रकार पिएनपी खबरका सह-सम्पादक युवराज खत्रीको सामाजिक सञ्जाल फेसबुक मार्फत चरीत्र हत्याको प्रयास गरेका छन् ।
कथित अभियान्ता शाहीले केही दिन अगाडि पिएनपी खबरको युट्युव मार्फत प्रसारित एउटा भिडियोलाई लिएर ‘गर्दै नगरेको कुरालाई टाइटल बनाएर हाल्ने युट्युव मिडियाले गर्दा नै आपसी विवाद बढाउँछ, यी मिडियाहरु सुध्रिन आवश्यक छ’ भन्ने क्यापसन सहितको स्क्रिनसट आफ्नो फेसबुक वालमा पोस्ट गरेका थिए । शाहीको यहि स्टाटसलाई आधार मानेर श्रमजीवी पत्रकार खत्रीको चरीत्रमाथि आक्रमण गरिएको बुझ्न कठिन छैन् ।
पिएनपी खबरको युट्युव मार्फत सार्वजनिक गरेको शाहीको भिडियोमा उनले दाबी गरेजस्तो गर्दैनगरेको कुरा भने उल्लेख गरिएको छैन् । उनले बोलेकै विषयलाई शिर्षक राखेको स्पष्ट छ ।
शाहीको यस्तो स्टाटसपछि Priyanka Rai नाम गरेको फेसबुक मार्फत पत्रकार खत्रीको चरित्र हत्याको प्रयास गरिएको हो । शाहीको फेसबुक स्टाटसलाई आधार बनाएर पत्रकार खत्रीलाई ‘दलाल’को उपमा दिइएको छ ।
उनै Priynaka Rai नाम गरेको फेसबुक आइडीबाट पहिला शाहीकै टिममा रहेर केहि दिन अगाडि कांग्रेस प्रवेश गरेकि कांग्रेस नेतृ पवित्रा लामालाई पनि ‘पाखन्डी’ तथा ‘झोले’ जस्ता शब्दको प्रयोग गर्दै चरित्र हत्याको कोशिश गरेको देखिएको छ । हेर्नुहोस उक्त स्टाटस:
आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने शाहीलाई पहिलोपटक पिएनपी खबरले नै उनको विचार र अभियानको समर्थन गर्दै भिडियो मार्फत सार्वजनिक गरेको थियो । पहिलोपटक आफैंले अन्तार्वाता दिएको मिडिया र पत्रकार प्रतिको शाहीको पुर्वाग्रह आफैंमा लाजमर्दो देखिन्छ । उक्त समयमा शाहीलाई कुनै अनलाइन वा युट्युवले चिनेकै थिएनन् । मुलधारका मिडिया त उनका लागि ‘दिल्ली दुर है’ को अवस्था हो ।
शाही समर्थकको उक्त हर्कत प्रति सह-सम्पादक खत्रीले खेद व्यक्त गर्दै आफू कानुनी कार्वाहीको प्रक्रियामा अगाडि बढेको तथा साइबर अपराध विरुद्ध उजुरी दर्ता गर्ने प्रक्रियामा रहेको जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा


