मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आजको शुभ अंक ६ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –
आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,पौरख गरेर देखाउने समय छ,सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,
आजको शुभ अंक १० रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,तातो रिस गर्नाले काम बिग्रिनेछ,
आजको शुभ अंक १ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)–
घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ,सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ,आजको शुभ अंक २ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,विगतको श्रमबाट भने लाभ हुनेछ,धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,आजको शुभ अंक ९ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)–
पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,सचेत हुनुहाेला,स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला,आजको शुभ अंक ८ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)–
धार्मिक कार्यमा समय बित्नेछ,पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ४ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ,बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला,आजको शुभ अंक ५ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)–
साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ,मेलमिलापको भावना राम्रो हुनेछ,चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ,
आजको शुभ अंक ३ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आर्थिक समस्या पर्ने छ,झगडा पनि हुनसक्छ,काम गर्दा अपमानित हुनुपर्ला,काम पूरा नहुनाले खिन्नता बढ्ला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ४ रहेको छ ।






