चौरसिया हत्याकाण्डको मुद्दा दर्ता
वीरगंज, १३ कात्तिक । जिल्ला न्यायाधिवक्ताको कार्यालयको निर्देशनमा एक सातापछि प्रहरीले मुकेश चौरसिया हत्याकाण्डको मुद्दा दर्ता गरेको छ । बुधवारदेखि जिल्ला न्यायाधिवक्ताको कार्यालय सञ्चालनमा आएपछि नेकपाका नेता, कार्यकर्ताहरुले उजूरी दर्ता गरिदिन आग्रह गरेपछि जाहेरी दर्ता भएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय, पर्साले १२ जनाविरूद्ध परेको कर्तव्य ज्यानको जाहेरी मुद्दा दर्ता भएको जानकारी गराएका छन् ।
नेकपा विन्ध्यवासिनीका सचिव मुकेश चौरसिया झडपमा परी घाइते भएको र भोलिपल्ट उनको निधन भएको थियो । त्यसपछि उनको हत्यामा संलग्न भएकाहरुलाई कारबाईको माग गर्दै गर्दै जाहेरी दिएपनि जिप्रका, पर्साले मुद्दा दर्ता गराएको थिएन । घटना भएको सात दिनपछि जिल्ला न्यायाधिवक्ताको कार्यालयको निर्देशनमा मुद्दा दर्ता भएको जिप्रका, पर्साले जनाएको छ ।
यसअघि बुधवारपनि नेकपाका नेता, कार्यकर्ताहरुले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका थिए । घटनामा संलग्न रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
