७५ प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गर्दै ज्ञान केन्द्र
लमजुङ। कृषि ज्ञान केन्द्र लमजुङले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले एक सूचना प्रकाशित गरी लमजुङ र मनाङ जिल्ला भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म, कम्पनी, कृषक समूह एवं कृषि सहकारीलाई सूचना प्रकाशित भएको मिकितले ३० दिन भित्र आवश्यक कागजात संकलन गरी आवेदन पेश गर्न आव्हान गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. मकै, भट्टमास र चैते धान खेती विस्तार प्रर्वद्धन कार्यक्रम
२. कृषि यान्त्रिकरणमा अनुदान सहयोग कार्यक्रम
३. बीउ कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ तथा कृषि औजार सहयोग
४. घरघरमा प्राङ्गारिक मल उत्पादन सहयोग कार्यक्रम
५. बाँझो जग्गामा व्यवसायीक खेती प्रोत्साहन कार्यक्रम
६. स्थानीय कृषि उपज विक्रि केन्द्र स्थापना कार्यक्रम
७. सामुदायिक विद्यालयमा कृषि फर्म संचालन तथा कृषक पाठशाला सहयोग
८.फलफूल तथा नगदेवाली विरुवा नर्सरी स्थापना
९. व्यवसायीक फलफूल खेती गर्न ईच्छुक कृषकहरुलाई अनुदानमा फलफूल विरुवा र आवश्यक कृषि सामग्री वितरण
१०. रैथाने बाली उत्पादन तथा प्रर्वद्धनका लागि मागमा आधारित कार्यक्रम
११. ग्रामीण क्षेत्रमा करेसाबारी तथा घर बगैंचा स्थापना
थप जानकारीका लागि :
कृषि ज्ञान केन्द्र लमजुङ ०६६-५२०१३०
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा


