सिद्धार्थ बैंकले १० करोडसम्मको व्यवसायीक कृषि तथा पशुपालन कर्जा दिने
ललितपुर। सिद्धार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ १० करोड रुपैयाँसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यावसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएको छ।
कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी देशमा उत्पादन एवं रोजगारी अभिवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको हो। कृषि क्षेत्रको विकासमा मध्यनजर गर्दे बैंकले प्रवाह गर्ने यो कर्जा सुविधाले ग्राहकलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढी हौसला पुग्ने र कृषि क्षेत्र विस्तारै आधुनिकीकरण एवं व्यावसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकको छ।
यस सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ। यस योजनाअन्तर्गत ग्राहकले १० करोड रुपैयाँसम्मको कर्जा सुविधा पाउनेछन् भने कर्जा लिँदा प्रशासनिक नवीकरण शुल्क नलाग्ने बैंकले जनाएको छ।
यस कर्जा योजनाका प्रमुख विशेषताहरू निम्न बमोजिम छन् :
-रु. १० करोड सम्मको कर्जा सुविधा
-प्रशासनिकरनवीकरण शुल्क नलाग्ने
-१५ वर्ष सम्मको कर्जा अवधि ९ब्याज अनुदान ५ वर्ष सम्म प्राप्त हुने
यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामबीचको सहकार्यमा ग्राहकसमक्ष ल्याइएको देशको कृषि तथा पशुपन्छीजन्य क्षेत्रका उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो। यस कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र (०१-५९७००२०) मा सम्पर्क गर्न बैंकले सबै ग्राहकलाई अनुरोध गरेको छ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
