• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

प्रेमसम्बन्धले घरबार बिगारेको भन्दै सुटर लगाएर छोरीको हत्या

काठमाडौं, १६ भनिन्छ, आफ्नो सन्तानको खुशीका लागि बाबु–आमा ज्यान दिन तयार हुन्छन् । तर, रौतहटमा ठिक उल्टो घटना भएको छ । आफ्नो खुशीका लागि एक बाबु–आमाले आफ्नै छोरीको ज्यान लिएका छन् ।

अप्रत्यारिलो घटना रौतहट माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा भएको हो । १७ वर्षीया किशोरी अमृता कुमारी साहलाई उनकै बुबा–आमाले भाडाका अपराधी प्रयोग गरी गोली हान्न लगाएर हत्या गरेका छन् । नेपालमा सम्भवतः यस्तो घटना पहिलोपटक भएको प्रहरी अधिकारीहरु बताउँछन् । छोरीले आफुहरुले नचाहेको केटासँग बिहे गर्न लागेको रिसमा उनीहरुले सुटरलाई एक लाख रुपैयाँ दिएर हत्या गर्न लगाएका हुन् । गत कात्तिक २६ गते राती घरमै सुतिरहेको अवस्थामा अमृताको हत्या भएको थियो । कन्चटमा गोली हानेर उनको हत्या भएको थियो । हत्यामा बाबुआमादेखि भिनाजुसम्मको संलग्नता रहेको रौतहट प्रहरीले खुलासा गरेको छ । घटनामा संलग्न आठ जनालाई आइतबार सार्वजनिक गरिएको छ ।

प्रेम, सम्बन्ध बिच्छेद र परिवार

अमृता स्थानीय सोसिन्द्र प्रसाद भगतसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । सोसिन्द्रसँगै उनी बिहे गर्न चाहन्थिन् । तर, आमाबुवालाई उनीहरुको सम्बन्ध मन परेको थिएन । जातदेखि आर्थिक अवस्था हेरेर उनलाई सोसिन्द्रसँग बिहे गर्न दिइएन । उनका बाबुआमाले जबरजस्ती गत फागुनमा सर्लाहीको विष्णु गाउँपालिका–३ का रुपेश साहसँग छोरीको मागी विवाह गरिदिएका थिए । बिहेपछि पनि उनको प्रेम सम्बन्ध निरन्तर चलेको थियो । सोही कारण श्रीमानसँग उनको झगडा भयो र सम्बन्ध बिच्छेद समेत गरे ।

विवाहपछि सम्बध राम्रो नभएपछि माइतीघरमा बस्दै आएकी अमृता त्यस दिन आमासँगै सुतिरहेकी थिइन्। सुतिरहेकै अवस्थामा दाहिनेतर्फको कन्चटमा गोली हानी उनको हत्या भयो ।
घटनाको सूचना पाएलगत्तै प्रहरीले अनुसन्धान गर्दा परिवारले उनका प्रेमी भगतमाथि आशंका गरे । आफुसँग बिहे नगरेकाले उनले नै हत्या गरेको परिवारको भनाई थियो । सुरुमा प्रहरीले भगतमाथि नै अनुसन्धान अघि बढायो । तर, उनको संलग्नताको प्रमाण प्रहरीले फेला पार्न सकेन ।

परिवारको भनाइले पनि प्रहरीमाथि शंका बढाएको थियो । किनकि, गोली हान्ने व्यक्ति सजिलै घरभित्र छिरेर गोली हानेर भाग्न सफल भएको थियो । तर, आफुहरुले नदेखेको उनीहरुले बताएका थिए । छोरीमाथि गोली प्रहार भएपछि आमाबुबा रुवाबासीको नाटक गरिरहेका थिए । जसकारण त्यो अवस्थामा प्रहरीले उनीहरुमाथि अनुसन्धान केन्द्रित गर्न सकेन ।
प्रहरीको सुक्ष्म अनुसन्धानबाट सुटर पत्ता लाग्यो । उनीमाथि अनुसन्धान गर्दा मृतकको भिनाजुको संलग्नता खुलेको हो । थप अनुसन्धान गर्दा परिवारले नै सहयोग गरेको देखिएको रौतहटका एसपी सिद्धिबिक्रम शाहले बताए ।

प्रहरीका अनुसार पूर्व योजनाअनुसार नै उनीहरुले त्यो दिन छोरी सुत्ने कोठाको ढोका खुला राखिदिएका थिए । आमा र छोरी एउटै कोठामा सुतेका थिए । जब सुटर आए त्यसपछि आमा कोठा बाहिर निस्किइन् । छोरी पनि निस्कन खोज्दा सुटरले नियन्त्रणमा लिएर उनलाई गोली हानेका थिए । त्यसपछि आमा बुबाले प्रहरीमा उजुरी दिएर नाटक गरेका थिए ।

अदालतमा ज्यान मार्ने उद्योग

अमृताका श्रीमान रुपेशमाथि केही महिनाअघि छुरा प्रहार भएको थियो । त्यसमा अमृता र उनका प्रेमीको संलग्नता रहेको बताइएको छ । सो विवादपछि त्यसपछि अमृता माइती आएर बस्न थालेकी थिइन् । गत असारमा रुपेश साह र अमृताबीच सम्बन्धविच्छेद भयो । सम्बन्धविच्छेद भएपश्चात् रुपेशले पक्षबाट अमृता र उनको प्रेमी सोसिन्द्रविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता गराए । तर, अमृताले सो आरोप अस्वीकार गरेकी थिइन् ।

‘उक्त मुद्दामा छोरी पक्राउ परेमा इज्जत जाने डर, प्रेमी सोसिन्द्र भागी जाने सधैंको डर, प्रेमका कारण माइतीमा आई बसेकोले गाउँघरमा कुरा काट्ने गरेकाले समाजबाट अपहेलित हुने डरजस्ता कारणले उक्त हत्या भएको देखिन्छ‚’ एसपी शाहले भने ।

अमृताका बाबु रामअयोध्या साह र अमृताको भिनाजु लक्ष्मण साहले जिल्ला रौतहट परोहा नगरपालिका–४ बस्ने छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ सुपारी दिएर भारतमा छोरीको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । सुरुमा कसैले थाहा नपाउने गरी हत्या योजना बनेको थियो । यो योजनाअनुसार अृमतालाई भारत लगेर मार्नुपर्ने थियो। कात्तिक ९ गते महानवमीका दिन बिहान अमृतालाई उपचारका लागि भारत लैजाने उतै मार्ने योजना पनि बनेको थियो । तर उक्त योजना असफल भयो । त्यस दिन शंका लागेर अमृताले भागेर ज्यान बचाएकी थिइन् ।

पहिलोपटक भारतमा लगेर हत्या गर्ने योजना असफल भएपछि पुनः अर्को योजना बनाइयो । कात्तिक २६ गते अमृताका बाबु रामअयोध्या, भिनाजु लक्ष्मणले रौतहट देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनीया कुरुनीया बस्ने कैमुल देवानलाई १ लाखको सुपारी दिएर अमृताको हत्या गर्ने योजना बनाए । सोही योजनाअनुसार अमृतकी गोली हानी उनको हत्या भएको हो ।

अमृताको हत्या आरोपमा प्रहरीले जिल्ला रौतहट देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिया करुनिया बस्ने अन्दाजी ६० वर्षका शेख अलियास, सोही ठाउँका अन्दाजी ४० वर्षीय बहुदल भन्ने इस्लाम अन्सारी, सोही ठाउँका ३६ वर्षीय इम्ताज, अृमताको बाबु रामअयोध्या, आमा सीतादेवी, रौतहटको परोहा नगरपालिका–४ का ४६ वर्षीय छोटेलाल साह र १ लाख रुपैयाँ सुपारी लिने कैमुललाई पक्राउ गरेको छ । सुटर कैमुल यसअघि पनि यस्ता घटनामा संलग्न व्यक्ति भएको प्रहरीले जनाएको छ । यो ‘अनर किलिङ’को घटनाले प्रहरी समेत चकित बनेको छ ।

सात वर्षअघि सांसद हकको त्यो हत्या

रौतहटको यो हत्या घटनाले सात वर्षअघि विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्याको सम्झना गराएको हो । उनको पनि परिवारबाटै हत्या भएको थियो ।

पत्नी नुरजहाँ खातुन र छोरी रुबेदा खातुनले हत्या योजना बनाएका थिए । छोरीको प्रेममा बाधक बनेको भन्दै उनको हत्या भएको थियो । २०७० जेठ ६ गते उनीहरुले राति पूर्व सभासद् हक सुतेको कल्यानपुर–२ स्थित हुमा आयल ट्रेडर्स पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

रुबेदा र भारतीय नागरिक जमिरको प्रेमसम्बन्धमा आमा नुरजहाँको सहमति रहेपनि पूर्व सभासद् एवम् रुबेदाका बुबा हकको असहमतिमा २०६९ फागुनमा रौतहटमा गई विवाह गरेको र सो विवाहलाई हकले अस्वीकार गर्दै आएकाले प्रेममा बाधक बनेको भन्दै हककी पत्नी नुरजहाँ, छोरी रुबेदा र छोरीका प्रेमी जमिरुलकै योजनामा हत्या भएको थियो । हत्यापछि आन्दोलनसमेत भएको थियो । पछि सिआईबीले गरेको अनुसन्धानमा उनकै संलग्नता खुलेको हो ।

नेपालमा पनि ‘अनर किलिङ’का घटना देखिन थालेको प्रहरीले जनाएको छ । आफ्नो परिवारको प्रतिष्ठामा आँच पु¥याएको आरोपमा परिवारबाटै हुने हत्यालाई ‘अनर किलिङ’ भनिन्छ । खासगरी तराईका जिल्लाहरुमा यस्ता घटना देखिदै आएका छन् ।-दृष्टिबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.